विभिन्न देशका लागि श्रम र श्रम सहचारीको माग « Khabarhub

विभिन्न देशका लागि श्रम र श्रम सहचारीको माग


२६ मंसिर २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न मुलुकहरुका लागि काउन्सुलर श्रम र श्रम सहचारी पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै सो पदहरुमा निवेदन मागको हो ।

मन्त्रालयले दक्षिण कोरिया, कता र मलेसियाका लागि काउन्सेलर श्रम पदमा निवेदन आह्वान गरेको छ । अबुधावी, साउदी अरेबियाको जोद्धा, मलेसियाको क्वालालम्पुर, कुवेतको कुवेत सिटी र ओमानको मस्कटका लागि श्रम सहचारी पदमा निवेदन माग गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वार जारी सूचनामा काउन्सेलर श्रम तथा श्रम सहचारी छनोट तथा नियुक्तिसम्बन्धी कार्यविधि तथा मापदण्ड–२०७३ अनुसार तोकिएबमोजिमको योग्यता पुगेका कर्मचारीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आफ्नो व्यक्तिगत विवरण उल्लेख गरी अनुसूची –२ बमोजिम निवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशन गरिएको जनाइएको छ ।

साथै मन्त्रालयले निवेदन फारम मन्त्रालयको वेबसाइटमा सूचना राखेको छ ।

हाल मन्त्रालय मातहत कार्यालयमा कार्यरत २६ जना अधिकृत र करिब एक दर्जन उपसचिव श्रम सहचारी र काउन्सेलर श्रमका लागि मापदण्डअनुसार योग्य रहेको बताएको छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार  ३ : ५५ बजे

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

काठमाडौं – सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र

श्रमिकको शव स्वदेश ल्याउन सहजीकरण गर्दै श्रम मन्त्रालय

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम स्वीकृति

विपक्षीले प्रधानमन्त्रीबाट जवाफ खोजेपछि प्रतिनिधिसभाको बैठक स्थगन

काठमाडौं – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन भएको छ

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएन : सिबिफिन

काठमाडौं – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष

सांसदहरुबाट प्राप्त सुझाव सरकारका लागि मार्गदर्शन हुनेछ : अर्थमन्त्री वाग्ले

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम