अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड « Khabarhub

अनुष्काले जितिन् मिस वर्ल्डको मल्टिमिडिया अवार्ड


२६ मंसिर २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मिस नेपाल अनुष्का श्रेष्ठले ६९औं संस्करणको मिस वर्ल्डको मल्टिमिडिया अवार्ड जितेकी छन्।

मिस वर्ल्ड २०१९ का लागि प्रतिस्पर्धामा रहेकी अनुष्काले मल्टिमिडिया अवार्ड जित्दै उपाधिका लागि बलियो स्थान बनाएकी हुन्। उनी मल्टिमिडिया अवार्ड जितेसँगै टप ३० मा प्रवेश गर्न सफल भएकी छन्।

यसअघि उनले ‘हेड टु हेड’ च्यालेन्जसमेत जितेकी थिइन्। उक्त अवार्ड जितेर ११२ देशका प्रतिस्पर्धी सुन्दरीमाझ उनी टप ४० मा परेकी थिइन्।

नेपालले भोटिङमा सबैभन्दा बढी मत पाएमा सीधै टप २० मा प्रवेश गर्नेछ। त्यसको लागि बढीभन्दा बढी भोट गर्नुपर्ने हुन्छ।

१४ डिसेम्बरमा सम्पन्न हुने फाइनलमा उत्कृष्ट १० सुन्दरीबीच प्रतिस्पर्धा हुनेछ। उनीहरूमध्ये टप ५ जनालाई मात्र मिस वल्र्डको उपाधिका लागि सहभागी गराइने मिस वर्ल्डको नियम छ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहिबार  ८ : ३९ बजे

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५

महामन्त्री आचार्य नेतृत्वको रास्वपा टोली चीन जाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्य नेतृत्वको

वर्षाले फूल खेतीमा क्षति, किसान निराश

सिरहा – तिहार र छठ पर्वलाई लक्षित गरी सयपत्री फूल