बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत « Khabarhub

बेलायती आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीलाई ‘ऐतिहासिक’ बहुमत


२७ मंसिर २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– बेलायतको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टीले स्पष्ट बहुमत हासिल गरेको छ ।

६५० सीट रहेको संसदमा पार्टीलाई बहुमतका लागि ३२६ सीटको आवश्यकता पर्छ । उसको खतामा ३६४ सीट आएको छ । गत वर्षको भन्दा उसलाई ४७ सीट फाइदा भएको छ ।

प्रतिपक्षी दल लेबर पार्टीले भने २ सय ३ सिटमा जीत हासिल गरेको छ ।

कन्जर्भेटिभ पार्टीले पछिल्लो ३२ वर्ष यताकै सबैभन्दा धेरै सिट हासिल गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

आम निर्वाचनको परिणामअनुसार प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतलाई युरोपियन युनियन (ईयू)बाट अलग पार्न जनताको स्पष्ट अनुमति पाएका विश्लेषण गर्न थालिएको छ ।

प्रधानमन्त्री जोन्सनले अक्टोबर ३१ सम्म बेलायतलाई ईयूबाट पार्ने बाचा गरेका थिए । तर, उनको प्रस्ताव संसदबाट अस्वीकृत भएपछि आम निर्वाचनको घोषणा भएको थियो ।

प्रकाशित मिति : २७ मंसिर २०७६, शुक्रबार  १ : ०८ बजे

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको

पश्चिम एसिया संकट : उद्धार उडान आज पनि

काठमाडौं– सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा

स्वर्णिम वाग्लेको चुनाव खर्च २५ लाख ९० हजार

काठमाडौं– प्रतिनिधि सभा सदस्यमा तनहुँ जिल्ला क्षेत्र नम्बर १ बाट

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको