ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल « Khabarhub

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिना जेल


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क–  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रपतीय अभियानका पूर्व अध्यक्षलाई ४७ महिनाको जेल सजाय सुनाइएको छ ।

ट्रम्पको राष्ट्रपतीय अभियानका पूर्व अध्यक्ष पउल म्यानाफर्टलाई भर्जिनियाको अलेक्जाण्ड्रियामा रहेको अदालतले ४७ महिनाको जेल सजाय सुनाएको हो ।

रुससँग साँठगाँठ रहेको विषयमा अनुसन्धान गरिरहेको अमेरिकी जस्टिस डिपार्टमेन्टका विशेष अभियोेजनकर्ता रोबर्ट मुल्लरको अुसन्धानका क्रममा म्यानाफर्ट कर छली गरेको ५ अभियोग, बैंकिङ् कसुर गरेको २ अभियोग तथा विदेशी बैंकमा खाता रहेको नखुलाएको १ अभियोगमा दोषी पाइएका थिए ।

त्यसअघि अभियोजनकर्ताले म्यानाफर्टलाई १९ वर्ष ६ महिना देखि २४ वर्षसम्म जेल सजाय हुनुपर्ने माग गरेका थिए । यद्यपि म्यानाफर्टका वकिलले भने उनलाई साढे ४ देखि बढीमा साढे ५ वर्षसम्म जेलसजाय हुनुपर्ने तर्क गरेका थिए । तर, अदालतका न्यायाधीशले भने उनलाई ४७ महिनाको जेल सजाय, ५० हजार डलर जरिवाना तथा २ करोड ४० लाख भन्दा धेरै बिगो तिराउने फैसला गरेका छन् ।

म्यानाफर्टलाई जेल सजाय सुनाउनुमा रुससँग राष्ट्रपति ट्रम्पको साँठगाँठ रहेको विषय सम्बन्धित नरहेको अदालतले स्पष्ट पारेको छ ।

युक्रेनका रुसमर्थित पूर्वराष्ट्रपति भिक्टर यानुकोभिचको सल्लाहकार रहँदा उनले कमाएको दशौँ लाख डलर अमेरिकी सरकारसँग लुकाएको र बैंकसँग झूठो बोलेर ऋण लिएको अभियोजनकर्ताले पत्ता लगाएका थिए । त्यसैक्रममा उनी विभिन्न अभियोगमा दोषी पाइएका थिए ।

सन् २०१६ मा उनी राष्ट्रपतिका प्रत्याशी डोनाल्ड ट्रम्पको राष्ट्रपतीय अभियानका अध्यक्ष समेत रहेका थिए ।

यता राष्ट्रपति डोनाल्ड ट्रम्पका अधिवक्ता रुडी गुइलिनीले भने म्यानाफोर्टलाई बेकारमा दुःख मात्र दिइएको प्रतिक्रिया दिएका छन् ।

यद्यपि राष्ट्रपति ट्रम्पले उनलाई राष्ट्रपतीय माफी दिनसक्ने संभावना समेत रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  ५ : ३३ बजे

नामिबियाविरुद्ध नेपालको फितलो प्रदर्शन

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब

प्रधानमन्त्री निवासअगाडि धर्ना बसेका राहुल गान्धी र अखिलेश यादव पक्राउ

नयाँदिल्ली : भारतको राजधानी नयाँदिल्लीस्थित प्रधानमन्त्री निवासअगाडि धर्नामा बसेका विपक्षी

‘ओली–प्रचण्डकै नेतृत्वमा वाम एकता सम्भव छैन, नयाँ पुस्ता अगाडि आउनुपर्छ’

काठमाडौं– नेपाली कम्युनिस्ट आन्दोलनका प्रभावशाली नेता झलनाथ खनालले लामो समयदेखि

सिँचाइ क्षेत्रको दिगो विकासका लागि तीन तहबीच प्रभावकारी समन्वयमा जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा