निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ–महानिर्देशक पोखरेल « Khabarhub

निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्छ–महानिर्देशक पोखरेल


२८ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ – नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले निगजढ अन्तर्राष्ट्रिय विमानस्थल जुनसुकै हालतमा पनि बन्नुपर्ने बताएका छन् ।

नेपालजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि अन्तर्राष्ट्रिय सम्पर्कको माध्यम हवाई मार्ग नै उपयुक्त भएकोले पूर्ण क्षमताको विमानस्थल आवश्यक रहेको भन्दै उनले यस्तो बताएका हुन् ।

पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विकल्प भएर पनि त्यतातिर किन नलाग्ने भन्दै उनले प्रश्न गरे । शनिबार राजधानीमा आयोजित एक कार्यक्ममा महानिर्देशक पोखरेलले पूर्ण क्षमताको विमानस्थल निर्माणमा कुनै अवरोध गर्न नहुने पनि बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि लिएर अहिले निर्माण भइरहेका पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका नभएको उल्लेख गर्दै महानिर्देशक पोरखेलले निजगढ विमानस्थल निर्माणको विकल्प नभएको बताए ।

२५ वर्षको अध्ययनले निजगढलाई नै उपयुक्त देखाएकाले सधै अरुको भर पर्नुभन्दा निजगढको निर्माणमा ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

महानिर्देशक पोखरेलले २५ वर्ष पहिल्यै नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्छ भनेर आवश्यकत्ता औँल्याइ सकिएको पनि बताए । उनले विमानस्थलको निर्माण पब्लिक प्राइभेट पार्टनरसिप(पीपीपी) मोडलमा हुने बताए ।

विमानस्थल निर्माणका लागि ७–८ वटा कम्पनीले आवदेन दिए पनि तीमध्येबाट स्विजरल्याण्डको जुरिच एअरपोर्ट छनौटमा परेको पोखरेलले जानकारी दिए ।

साक्षात्कारमा तत्कालीन हवाई विभागका महानिर्देशक एवं पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको भाग्य र आर्थिक उन्नतिसँग जोडिएको बताए । नेपालको सामरिक महत्वसँग जोडिएको निजगढ अन्तर्राष्ट्रिय विमास्थल सुरक्षाको हिसाबले पनि महत्वपूर्ण रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ मंसिर २०७६, शनिबार  ६ : ३८ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको