खानाका दुई ‘अप्सन’ सुनेर शेरे ट्वाँ | Khabarhub Khabarhub

खानाका दुई ‘अप्सन’ सुनेर शेरे ट्वाँ


२४ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शेरेलाई उसकी आमाले खाना खान बोलाउनुभयो । सँधै खानामा नयाँ नयाँ परिकार चाहिने उसलाई आमाले आज बेलैमा खाना खान आए दुई ‘अप्सन’ रहेको सुनाउनुभयो । आमाले त्यति भनेपछि खुरुक्क शेरे भान्छामा आयो ।

सरासरी भान्छामा पुगेको उसले आमाले पकाएको परिकार हेर्यो एउटा कराईमा तरकारी र अर्को भाँडोमा खाना थियो । त्यसमा पनि उसले मननपराउने चिचिन्डोको तरकारी ।

त्यसपछि आमासँग झ्वाँकिदै कुरा गर्न थाल्यो ।

शेरे : आमा तपाईंले किन ढाँट्नु भएको ? अघि त तरकारीमा दुइटा अप्सन छ भन्नुभएको थियो । कराईमा त चिचिन्डो तरकारी मात्र छ ।

आमा : हो अहिले पनि दुई अप्सन नै छन् । पहिलो, खान मन लाग्छ भने चुप लागेर खुरुक्क खाऊ । दोस्रो, खान मन छैन भने जुरुक्क उठेर लुरुक्क पर्दै बाहिर जाऊ ।
अप्सन सुनेर शेरे ट्वाँ

प्रकाशित मिति : २४ फाल्गुन २०७५, शुक्रबार  १ : ३३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते