विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने « Khabarhub

विद्युतीय गाडी उत्पादनको होडबाजी, ७ वर्षमा साँढे २ करोड पुग्ने


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गाडी उत्पादन कम्पनीहरुबीच विद्युतीय गाडी उत्पादनमा उत्साहजनक होडबाजी देखिएको छ ।

परिणामस्वरुप सन् २०२६ सम्म २ करोड ४६ लाख भन्दा बढी विद्युतीय गाडीको संख्या पुग्ने अुनमान गरिएको छ ।

फर्च्यून विजनेस इन्साइट्सले गरेको अनुसन्धान अनुसार सन् २०२६ सम्ममा विश्वभर विद्युतीय गाडीको संख्या झण्डै साढे २ करोड पुग्नेछ ।

उक्त अनुसन्धान अनुसार सन् २०१९ देखि २०२६ को बीचमा गाडीको उत्पादनमा ३२.३ प्रतिशतले बृद्धि हुनेछ । कुन क्षेत्रमा कति विद्युतीय गाडी उत्पादन हुनेछन भन्ने त्यस क्षेत्रले अपनाएको कार्बन इमिसन नियमले प्रभाव पार्नेछ ।

युरोपले सन् २०२६ सम्ममा कार्वन इमिसन १५ प्रतिशतले घटाउने योजना बनाएको छ । युरो–६ स्ट्याण्डर्ड जस्तै भारतले अपनाएको विएस–६ स्ट्याण्डर्ड सन् २०२० को अप्रिलदेखि प्रयोगमा आउनेछ ।

त्यसैगरी सन् २०२० देखि चीनले पनि चाइना–६ स्टयाण्डर्ड लागू गर्ने तयारी गरेको छ । अनुसन्धानले देखाए अनुसार युरोपमा सर्वाधिक विद्युतीय गाडी उत्पादन हुने देखिएको छ भने एशियाली मुलुकहरुमा पनि ठूलो मात्रामा विद्युतीय गाडी उत्पादन गरिनेछन् ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ८ : ४१ बजे

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प: मृतकको संख्या १३२ पुग्यो, ४८० भन्दा बढी घाइते

बोगोटा – कोलम्बियामा विगत केही वर्षयताकै शक्तिशाली भूकम्प जाँदा कम्तीमा

स्रोत नखुलेको ५२ लाख बढी रकमसहित चारजना पक्राउ

पर्सा– प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार

घण्टाकर्ण पर्व मनाइँदै

काठमाडौँ– सांस्कृतिक परम्पराअनुसार आज घण्टाकर्ण पर्व मनाइँदै छ । श्रावण

पारा पौडीको सपना : पदक जित्ने लक्ष्यमा नेपाली खेलाडी (तस्बिरहरू)

काठमाडौँ– पौडी खेल्न पानी चाहिन्छ, तर पारा पौडी खेलाडीका लागि

बालेन र रवि सत्तामा पुगेपछि भ्रमको पर्दा उघ्रियो: शंकर पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले वालेन्द्र शाह र