सौगातको फिल्ममा सृष्टि नभई हुने हो? « Khabarhub

सौगातको फिल्ममा सृष्टि नभई हुने हो?


२९ मंसिर २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता सौगात मल्लले पछिल्लो समय खासै हिट फिल्म दिन सकेका छैनन् । भलै उनका हातमा एकपछि अर्को फिल्म छन् ।

केही वर्षयता सौगात मल्ल र नायिका सृष्टि श्रेष्ठ प्रेमसम्बन्धमा छन् । ‘गाजलु’ गर्ल सृष्टि श्रेष्ठले यो फिल्मबाट राम्रो चर्चा पाइन् । तर उनका हातमा अरु राम्रा फिल्म परेनन् ।

उनलाई नरेश कुमार केसी निर्देशित फिल्म ‘रोमियो एण्ड मुना’ बाट आशा थियो । तर, फिल्मले बक्स अफिसमा कमाल गर्न सकेन ।

भलै सृष्टिले पनि पछिल्लो समय काम पाएकै छिन् । अझ पछिल्लो समय त के छ भने सौगात र सृष्टिलाई निरन्तर सँगै फिल्ममा देख्न थालिएको छ । यसको पछिल्लो उदाहरण हो, ‘माछा माछा’ ।

भलै फिल्म चलेन तर सौगातलाई अभिनय गराएपछि फिल्मको एक गीतमा भए पनि सृष्टिलाई अभिनय गराइएको थियो ।

अहिले त अझ के हल्ला चलेको छ भने कुनै फिल्म यदि सौगातलाई अफर भयो भने उनले सृष्टिलाई पनि सिफारिस गर्छन् । सृष्टिलाई कुनै फिल्म अफर भयो भने सौगातलाई अफर गर्छिन् ।

हालै अफर भएको एक फिल्ममा त सृष्टिले अझ मेकअप आर्टिस्ट समेत आफूले भनेको हुनुपर्ने भन्दै सिफारिस गरेकी थिइन् ।

सौगात र सृष्टिले खासै सफल फिल्म त दिन सकेका छैनन् । तर, मेकरले यी दुईमाथि लगानी गर्न पनि डराइरहेका छैनन् । एकजनालाई राख्दा अर्कोलाई पनि राख्नुपर्ने तर्क पक्कै राम्रो होइन ।

किनकि, कथाले सधै सौगात र सृष्टिलाई नै माग्छ भन्ने छैन । एकअर्कालाई साथ दिनु त बेग्लै कुरा भइहाल्यो । तर, फिल्ममा नै दुवैलाई लिनुपर्ने तर्क अलि जायज नभएको फिल्म वृत्तमा गाइँगुइँ चल्ने गरेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७६, आइतबार  ११ : ५० बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी