धितोपत्र बजार नेप्से परिसूचक ओरालो « Khabarhub

धितोपत्र बजार नेप्से परिसूचक ओरालो


३० मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ७५ विन्दुले घटेर एक हजार १५४ दशमलव ११ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक दुई दशमलव १५ विन्दुले घटेर २५३ दशमलव ५२ मा पुगेको छ ।

कारोवारमा कूल १६६ कम्पनीको १३ लाख ७१ हजार १३४ कित्ता शेयर रु ४० करोड ७९ लाख ५५५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका १२ वटै उपसमूहकोे शेयर मूल्य आरोलो लागेको छ । जसमा बंैकिङ ७ दशमलव २३, व्यापार ३ दशमलव ७, होटल ६ दशमलव १२, विकास बैंक १० दशमलव १२, जलविद्युत् १४ दशमलव ५२, वित्त ३ दशमलव ६६, निर्जीवन बीमा १७२ दशमलव ०९, उत्पादन १६ दशमलव ९१, अन्य १४ दशमलव ३२, लघुवित्त १४ दशमलव शून्य चार, जीवन बीमा १३६ दशमलव ५३ र सामूहिक लगानी शून्य दशमलव शून्य दुई विन्दुले घटेको छ ।

नेप्सेका अनुसार भएको कारोवारका आधारमा एनएमबी बैंक शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु चार करोड ५६ लाख ६० हजार ८२० बराबरको शेयर कारोवार भएको बजारमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको रु दुई करोड ३४ लाख ९५ हजार ४३२, एनआइसि एशिया बैंकको रु एक करोड ९५ लाख सात हजार ९०३, नेपाल बैंकको रु एक करोड ४९ लाख ७५ हजार ८६७ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

कारोवारमा दिव्यश्वरी हाइड्रो ५ दशमलव ४५, युनियन हाइड्रोपावर पाँच, सिटी एक्सप्रेस फाइनान्स कम्पनी ४ दशमलव शून्य चार, सामुदायिक लघुवित्त विकास बैंक २ दशमलव ८१ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले २ दशमलव ४५ प्रतिशतले कमाए भने हिमालयन पावर पार्टनर लिमिटेड ९ दशमलव ४९, माहुली लघुवित्त वित्तीय संस्था ६ दशमलव २५, राष्ट्रिय बीमा कम्पनी ६ दशमलव १८ र नेपाल हाइड्रो डेभलपमेन्ट लिमिटेडका शेयरधनीले ५ दशमलव ९३ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३० मंसिर २०७६, सोमबार  ७ : १५ बजे

‘सरकार र शैक्षिक परामर्श व्यवसायीबीचको वार्ता चाँडै टुङ्गिन्छ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पौडेलले सरकार र शैक्षिक परामर्श

५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन

दाङ– यातायात व्यवस्था कार्यालय तुलसीपुरले आर्थिक वर्ष २०८२-८३ मा ५८

रोकिराखेको बस आफैँ गुड्दा दुर्घटना, दुई तीर्थयात्रीको मृत्यु

त्रिशूली– नुवाकोटको टोखा–छहरे सडकखण्डमा आज भएको बस दुर्घटनामा दुई जनाको

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो, ११ मृत सैनिकका परिवारलाई बीमा रकम प्रदान

काठमाडौं- भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार काठमाडौंस्थित भारतीय राजदूतावासमा विभिन्न कार्यक्रम

विशेष महाधिवेशन पक्षधरलाई साउदको जवाफ, ‘अदालतले वैधता देला, राजनीतिक एकता दिन सक्दैन’

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले इतर समूहको राष्ट्रिय भेलामा