बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक पीडामा « Khabarhub

बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिक पीडामा


१ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ट्रेड युनियन (जिफन्ट)ले बिचौलियाका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरुले थप पीडा खेपिरहेको जनाएको छ ।

अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा लागू गरेको नियम वैदेशिक रोजगार व्यवयासीले पालना नगरेको आरोप लगाए ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको भविष्यमाथि बिचौलिया खेलवाड गरिरहेको प्रति सरकार मौन बसेको समेत उनले आरोप लगाए ।

‘सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा लागत निःशुल्क गरे पनि म्यानपावर व्यवसायीले देशअनुसार कामदारसँग मनोमानी पैसा असुलिरहेका छन् ।’ उनले भने, श्रमिकको भविष्यमाथि खेलवाड गर्नेमाथि कारवाही गर्ने सरकार चुकेको छ । जसका कारण यो क्षेत्रमा समस्या झन थपिँदै गएको छ ।’

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सरकारले वेवास्ता गरिरहेको नेपाल रिटर्नी माइग्रेसनका अध्यक्ष उत्तम अधिकारीले बताए ।

सरकारले विदेशीबाट फर्किएका कामदारको सिपलाई पहिचान गर्न नसक्दा उनीहरु पुन रोजगारीका लागि विदेशिन बाध्य हुनुपरेको उनको भनाइ थियो ।

उनले विदेशबाट फर्किएका कामदारलाई सरकारले सिपको पहिचान गरेर आन्तरिक बजारमा खपत गराउन माग गरे ।

जिफन्टले श्रम आप्रवासन, बाध्यात्मक होइन इच्छाको विषय बनाउन सरकारसँग माग गरेको छ । जिफन्टले जहाँ श्रमिक त्यहाँ जिफन्ट भने नाराका साथ यो वर्षको आप्रवासन दिवस मनाइरहेको छ ।

प्रकाशित मिति : १ पुस २०७६, मंगलबार  ७ : ३८ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल