दुई महारथी फुटबल क्लबको भीडन्त: रियल र बार्सामध्ये को बलियो ? | Khabarhub Khabarhub

दुई महारथी फुटबल क्लबको भीडन्त: रियल र बार्सामध्ये को बलियो ?


२ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व क्लव फुटबलमा सबैभन्दा चासो र चर्चामा हुने खेल हो ‘एल–क्लासिको’ ।

स्पेनिस महारथी क्लबहरु बार्सिलोना र रियल मड्रिडबीचको यो खेल करोडौं मानिसहरुले प्रत्यक्ष वा प्रत्यक्षप्रशारण मार्फत हर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाउने गरेका छन् ।

यो सिजनको पहिलो एल क्लालिको खेल आज राति हुँदैछ । नेपाली समय अनुसार खेल आज राति १२ बजेर ४५ मिनेटमा हुनेछ ।

स्पेनिस ला लिगा फुटबलको अंक तालिकामा बार्सिलोना र रियल मड्रिडको समान ३५–३५ अंक छ । तर, २ गोल अन्तरले बार्सिलोना रियलभन्दा एक स्थानमाथि अर्थात् ला लिगाको शीर्ष स्थानमा छ ।

बराबरी अंक भएका यी दुई टोलीबीचको प्रतिस्पर्धाले निकै ठूलो चर्चा पाएको छ । रियलले बार्सिलोनको घरेलु मैदान क्याम्प नाउ जीत हात पार्न सके शीर्ष स्थानमा उक्लिनेछ । यदी बार्सिलोना रियलमाथि हावी भए उसले स्पष्ट तीन अंकको अग्रता बनाउने छ । त्यसैले पनि यो खेललाई शीर्ष स्थानको होडको रुपमा लिइएको छ ।

एलक्लासिको यसअघि अक्टोबर २६ मा हुने तय भएको थियो । क्याटलानमा भइरहेको आन्दोलनका कारण ला लिगाले एलक्लासिकोलाई पर सारेको थियो । स्पेनको बार्सिलोना क्याटलान सहरमा पर्छ जहाँ स्वतन्त्रताको माग गर्दै लामो समयदेखिा आन्दोलन चलिरहेको छ । त्यसकै प्रभाव पर्न सक्ने भन्दै दुवै टीमका खेलाडीलाई अहिले पनि एउटै होटलमा राखिएको बीबीसीले जनाएको छ ।

क्याटालानको आन्दोलन नरोकिँदा एलक्लासिकोमा सुरक्षा चुनौति अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको व्याख्या छ ।

बार्सिलोनाको घरेलु मैदान क्याम्प नाउमा हुने खेल निकै रोमाञ्चक हुने रियलका मुख्य प्रशिक्षक जिनेदिने जिदानले बताए । ‘९० मिनेटको खेलमा जतिसक्दो राम्रो खेल्ने छौं,’ जिदानले भने,‘हामीलाई विश्वास छ खेल राम्रो हुनेछ ।’

क्याम्प नाउमा भएको संघर्ष नरोकिएपछि एलक्लासिको मड्रिड सार्ने तयारी नभएको होइन तर, दुवै क्लबले मड्रिड जान अस्वीकार गरेपछि मिती सारीएको हो । तर, अझै पनि क्याम्प नाउ क्षेत्रमा दङ्गा हुने सम्भावनाकाबीच खेल हुँदैछ ।

रियल र बार्सिलोनाबीचको खेलको अघिल्लो राति उनीहरु एउटै होटलमा बसेका छन् । दुवै टोली खेलका लागि होटलबाट क्याम्प नाउ खेल समयभन्दा ठिक २ घण्टा अगाडि सँगै निस्किनेछन् । सुरक्षा चुनौतिका कारण बलिया प्रतिद्वन्दी एकैसाथ निकिनेछन् ।

‘खेल हुँदैछ भन्ने कुरा महत्वपूर्ण छ । हामीलाई केही फरक अनुभुति भएको छ । हामीसँगै निस्किने छौं र हामी राम्रो गर्ने छौं,’ जिदानले भने ।
बार्सिलोनाका मुख्य प्रशिक्षक अर्नेस्टो भाल्भेर्दोले सुरुकै मितिमा खेलेको भएपनि समस्या नहुने बताएका छन् । ‘खेल सुरुकै मितिमा खेल्न पाएको भए हुन्थो । तर, नचाहेर पनि खेलाडी खेल नहुँदै भेट भएको छ । तर, मैले जिदानलाई देखेको छैन । तर, उहाँप्रति मेरो सम्मान छ,’ बार्सिलोनाका प्रशिक्षक भालभेर्दोले भने ।

ला लिगामा अहिलेसम्म बार्सिलोनाले रियल मड्रिडलाई ७२ खेलमा पराजित गरेको छ भने ७२ वटै पटक रियलले सबै खेलमा गरि बार्सिलोनालाई हराएको बीबीसीले उल्लेख गरेको छ ।

यतिमात्रै होइन रियलले पछिल्लो ६ खेलमा बार्सिलोनालाई पराजित गर्न सकेको छैन् । जसमा रियलले बार्सिलोनासँग २ खेल बराबरी र ४ खेलमा हार व्यहोरेको छ ।

एलक्लासिको भइरहँदा बार्सिलोनाका स्टार खेलाडि लियोनल मेस्सीले भने पछिल्लो तीन भेटमा रियलविरुद्ध गोल गर्न सकेका छैनन् । यस्तै, बार्सिलोनाका लुइस स्वारेज रियलविरुद्ध १० भन्दा बढी गोल गर्ने तेस्रो खेलाडी बनेका छन् ।

बार्सिलोनाका लागि रियलविरुद्ध सबैभन्दा धेरै कप्तान मेस्सीले १८ गोल र रोड्रिगेजले १२ गोल गरेका छन् ।

यस्तै, रियलका कप्तान सर्जियो रामोसले बुधबार बार्सिलोनाविरुद्ध खेले उनी एलक्लासिकोमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् । उनले अहिलेसम्म ४३ खेल खेलिसकेका छन् ।

त्यतिमात्रै होइन, रियलका प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा हुँदा रियल नाउ क्याम्पमा अपराजित रहेको छ । उनले ४ बर्ष मुख्य प्रशिक्षकको कार्यकालमा २ खेलमा जित र २ खेल बराबरी गरेका छन् ।

कम चर्चा !

गत सिजनहरुको भन्दा यस सिजको एलक्लासिकोको चर्चा कम भएको केही सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यो दशकाकै सबैभन्दा चर्चित दुई फुटबलर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीबीचको प्रतिपर्धाको रुपमा पनि एलक्लासिको फुटबलमा सबैभन्दा बढी चर्चामा हुने गरेको थियो ।

रियल मड्रिका पूर्व स्ट्राइकर क्रिस्टियानो इटलियन क्लब युभेन्टस गएसँगै एलक्लासिकोको चर्चा कम भएको कतिपयको भनाइ छ । पछिल्लो समय क्रिष्टियानो र मेस्सीमा को सबैभन्दा उत्कृष्ट भन्ने बहस हुने गरेको थियो/छ । यसका कारण पनि एल क्लासिको चर्चामा हुने गरेको थियो ।

तर कतिपयले भने रोनाल्डो र मेस्सी क्लब फुटबलमा सफल हुनुभन्दा पहिला देखिनै एलक्लासिको फुटबलको चर्चाको विषय बन्ने गरेको बताउने गरेका छन् ।

प्रकाशित मिति : २ पुस २०७६, बुधबार  ५ : ४७ बजे

बाढीपहिरोको विपत्ति : राहत र पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ

काठमाडौं – अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव

एभरेष्ट बैंकको ३०औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभा आज सम्पन्न

एनपीएल अक्सन: देवलाई कर्णाली र अर्जनुलाई सुदूरपश्चिमले किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट

आजका समाचार : प्रधानमन्त्री उद्धार कोषमा बढ्दै सहयोग, रविको बचाउमा प्रचण्ड, जोडिँदै सुनकोशीमा बेलिब्रिज

प्रधानमन्त्रीलाई कांग्रेसको ध्यानाकर्षण, उद्धार कोषमा ५० लाख सहयोग नेपाली कांग्रेसले

एनपीएल अक्सन: सन्दीप, सूर्य र विवेकलाई लुम्बिनीले १५-१५ लाखमा किन्यो

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) मा मिडल अडर ब्याट्सम्यान सन्दीप जोरालाई