‘मिटू’ बारे राधिका आप्टेको जवाफ, भनिन् – धेरै कुरा बाहिर आएकै छैनन् « Khabarhub

‘मिटू’ बारे राधिका आप्टेको जवाफ, भनिन् – धेरै कुरा बाहिर आएकै छैनन्


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – अभिनेत्री राधिका आप्टेले बलिउडमा मिटु मुभमेन्ट आएर गए पनि यसले खासै फरक नपारेको बताएकी छिन् । केही समयअघि भारतमा मात्र नभएर विश्वभर नै मिटु मुभमेन्टले छोएको थियो ।

यो मुभमेन्टबाट बलिउड पनि अछूतो रहन सकेको थिएन ।

बलिउडका महिला कलाकारले मिटु मुभमेन्टपछि कैयन् कलाकार, लेखक, सेलिब्रेटीलाई हिंसा गरेको आरोप लगाएका थिए ।

‘मिटू आन्दोलन आयो र गयो, यो निराशाजनक हो, यसले धेरै कुरा बदलिनुपर्ने थियो, त्यो बदिलिएन,’ आप्टेले भनिन्, ‘धेरै कुरा बाहिर आएनन्, न त आएका कुरा नै बदलिए ।’

उनले यो मुभमेन्ट वास्तवमै निराशाजनक रहेको धारणा राखिन् ।

आप्टेको बुझाइमा यो मुभमेन्टले भेदभावको विषयमा पनि कुनै परिवर्तन ल्याएन । उनले पारिश्रमिकको विषयमा पनि खुलेर आफ्नो धारणा राखिन् ।

आप्टेले पारिश्रमिकको हिसाबले पनि बलिउडमा समानता नभएको बताइन् । उनले भनिन्, ‘यहाँ पारिश्रमिकमा पनि समानता नै छैन, हामीले यसबारेमा कहिल्यै कुरा गर्दैनौँ ।’

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ५५ बजे

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा