जापानी खेलाडी ताकुमी लिभरपुलमा आवद्ध « Khabarhub

जापानी खेलाडी ताकुमी लिभरपुलमा आवद्ध


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी –इंग्लिस फुटबल क्लब लिभरपुलले जापानी खेलाडी ताकुमी मिनामिनोलाई क्लबमा भित्र्याएको छ । बिहीबार मेडिकलमा पास भएपछि ताकुमीलाई लिभरपुलले क्लबमा भित्र्याएको हो ।

२४ बर्षीय जापानी राष्ट्रिय टोलीका खेलाडीलाई योर्गन क्लोपको क्लबले साढे ४ बर्षका लागि सम्झौता गरेको छ । उनी वेल्सको क्लव रेडबुल साल्जवर्गबाट लिभरपुल गएका हुन् ।

ताकुमीका लागि लिभरपुलले ७.२५ मिलियन युरो खर्च गरेको छ । ताकुमी अब जनवरी १ देखि औपभारीक रुपमा क्लबमा भित्रीनेछन् ।

क्लबसँग जोडिएसँगै उनी सोझौ क्लोपको टिममा सहभागी हुने र एफए कपको तेस्रो राउण्डको खेलमा एभरटोनविरुद्धको जनवरी ५ मा हुने खेलमा टिममा पर्ने दी गार्जिएनले लेखेको छ ।

‘लिभरपुलको खेलाडी बन्ने एक सपना थियो । मेरो सपना र यो क्षण आएको मा म एकदमै खुसी छु,’ ताकुमीले भने,‘प्रिमियर लिग खेल्ने लक्ष्य छ । मलाई लाग्छ यो विश्वको शीर्ष स्तरको लिग हो । म सोचिरहेको छु मेरो फुटबल करियरले तिव्र गति लिन सके म पनि प्रिमियर लिग खेल्नेछु ।’

ताकुमीले आफूले लिभरपुलबाट खेल्न पाउने बारे नसोचेको र म क्लबमा आवद्ध हुन पाउँदा एकदमै खुसी भएको बताए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  २ : ५० बजे

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना

चुनावी रन्कोबीच महोत्तरीमा पानीको संकट

महोत्तरी– आसन्न प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार उत्कर्षमा पुगेको छ । जताततै