ए डिभिजन लिग: मछिन्द्रले च्यासलसँग अंक बाड्यो « Khabarhub

ए डिभिजन लिग: मछिन्द्रले च्यासलसँग अंक बाड्यो


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग फुटबलमा स्टार खेलाडीले भरिएको मछिन्द्र क्लब हारबाट जोगिएको छ ।

शुक्रबार सातदोबाटोस्थ्ति एन्फा कम्प्लेक्समा भएको खेलमा मछिन्द्रले च्यासल युथ क्लबसँग १–१ गोल बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो हाफमा १–० गोलले पछि परेको मछिन्द्रका लागि खेलको ८८ औं मिनेटमा देबेन्द्र तामाङले गोल फर्काएका थिए ।

मछिन्द्रमाथि पहिलो हाफमा हावी भएको च्यासलका लागि अनुभवी खेलाडी सन्तोष साहुखलले गोल गरेका थिए । उनले खेलको २७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

सन्तोष साहुखलले लिगमा योसहित तेस्रो गोल गरेका हुन् ।

बराबरीसँगै च्यासल लिगमा ४ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने मछिन्द्रले दुई खेलबाट ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २७ बजे

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ

सरकारको निःशुल्क स्वास्थ्य पोर्टल मार्फत २२ सय बढीले पाए निःशुल्क उपचार सेवा

काठमाडौँ– सरकारले विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गर्दै सञ्चालनमा

डोजरले भत्कायो भरोसा, बाढीले डुबायो बास : होल्डिङ सेन्टर छोडेर कोठा खोज्दै सुकुम्वासी

काठमाडौँ – थापाथलीगायत बागमती र मनोहरा नदी किनारका १९ सुकुम्वासी

बिदा स्वीकृत नगरी २ महिनादेखि अनुपस्थित कर्मचारीसँग स्पष्टीकरण माग

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत बिदा नलिइ लगातार

डोलेश्वरमा श्रावणी मेला, ५० लाख भक्तजन आउने अनुमान

भक्तपुर– केदारनाथको शीर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी