सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीले रि-ट्वीट गरेपछि बालुवाटारमा खैलाबैला « Khabarhub

सोनिया गान्धीको ट्वीट प्रधानमन्त्री ओलीले रि-ट्वीट गरेपछि बालुवाटारमा खैलाबैला


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय सामाजिक सञ्जालमा निक्कै सक्रिय छन् । बिरामी अवस्थाबाट आफू ठीक भएको सन्देशसहित अन्य विभिन्न विषयमा राय राख्न सामाजिक सञ्जाल प्रयोग गर्दै आएका छन् ।

बालुवाटरबाट सामाजिक सञ्जालमा आउने विषयवस्तुले धेरै चर्चा पाउने गरेका छन् । प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार विष्णु रिमालको ट्वीटले सामाजिक सञ्जालमा ठूलो चर्चा पायो । यस्तै चर्चा र खैलाबैलाको अवस्था प्रधानमन्त्रीको आधिकारिक ट्वीटर एकाउन्टबाट भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीको ट्वीट रिट्वीट भएपछि शुरु भएको छ ।

ओलीको आधिकारिक ह्याण्डलबाट शुक्रबार साँझ सोनिया गान्धीको ट्वीट रिट्वीट भएको छ । यो विषय भारतीय विभिन्न मिडियामा समाचारको विषय बनेको छ भने सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको ट्वीटर ह्याण्डल @PM_Nepal को पासवर्ड दुरुपयोग भएको आशंकामा छानविन भइरहेको उल्लेख गरेका छन् ।

सोनिया गान्धीले भारतको विवादास्पद नागरिकता विधेयकका बारेमा पार्टीको धारणासहितको भिडियो तयार पारेर ट्वीट गरेकी थिइन् । यो विषयमा नेपालको आधिकारिक धारणा सार्वजनिक नभएपनि प्रधानमन्त्रीले गरेको रिट्वीटलाई धेरैले चर्चा गरेका छन् ।

नागरिकता विधेयकको विषयलाई लिएर भारतमा अहिले आन्दोलन जारी छ । अहिलेसम्म ९ जनाले ज्यान गुमाइसकेका छन् । भारतमा शरण लिइरहेका पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैरमुस्लिम समुदायलाई भारतीय नागरिकता दिने विधेयक संसदका दुवै सदनबाट पारित भएपछि भारत भर विरोध प्रदर्शन तथा आन्दोलन जारी छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  १० : ५४ बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन