चाक्सीबारी बैठक–आजपनि जुटेन कांग्रेस नेताहरुबीच सहमति « Khabarhub

चाक्सीबारी बैठक–आजपनि जुटेन कांग्रेस नेताहरुबीच सहमति


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवाद समाधानमाका लागि नेताहरु सक्रिय रहेपनि नेपाली कांग्रेसमा देखिएको विवाद मिल्न सकेको छैन ।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि आइतवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक पनि कुनै निष्कर्षमा पुग्न सकेन ।

संस्थापन पक्षका नेता विमलेन्द्र निधि र पौडेल पक्षका नेताहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेन ।
तर वार्ता टोलीका सदस्य दिलेन्द्रप्रसाद बडूले पार्टीभित्रको विवाद सकारात्म ढंगबाट टुंगिने विश्वास व्यक्त गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेता बडूले विवाद सहमति नजिक पुगेको तर टुंगिनसेकेको बताए । उनले भने, “हामी सहमतिको नजिक पुगेका छौं । टुंगिसकेको छैन् । तर, सकारात्मक ढंगले टुंगिन्छ ।”

नेता बडूले विवादित विषय दुबै पक्षका शीर्ष नेताहरुसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए । “हामीबीच भएको सहमतिलाई राखेर शीर्ष नेताहरु पनि आपसमा सल्लाह गर्नुहोला, अनि टुंग्याउने । हामीहरुबीच पनि एक राउण्ड नेताहरुसँग बसेर छलफल गर्ने कुरा छ ।”

पुस २६ गते शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु सहभागी नभएपछि लगातार बोलाइएको बैठक बस्न सकिरहेको छैन । नेताहरुलाई सहमतिमा ल्याउन भन्दै देउवाले केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गरेका थिए ।

१४ औं महाधिवशेनको कार्यतालिका, नेविसंघ तरुण दल र विभागहरुमा सहमति जुट्न नसकेपछि कांग्रेसको बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : १८ बजे

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा १५ वर्षीय बालक महाकालीमा बेपत्ता

दार्चुला– दार्चुलामा महाकाली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता

बारा कांग्रेसमा भुइँचालो : फरमुल्लाहलाई असहयोगपछि जिल्ला सभापतिसहित १६ नेतामाथि कारबाही सिफारिस

काठमाडौं- गत फागुन २१ गतेको चुनावमा पराजय भोगेसँगै नेपाली कांग्रेस