चाक्सीबारी बैठक–आजपनि जुटेन कांग्रेस नेताहरुबीच सहमति « Khabarhub

चाक्सीबारी बैठक–आजपनि जुटेन कांग्रेस नेताहरुबीच सहमति


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विवाद समाधानमाका लागि नेताहरु सक्रिय रहेपनि नेपाली कांग्रेसमा देखिएको विवाद मिल्न सकेको छैन ।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि आइतवार नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठक पनि कुनै निष्कर्षमा पुग्न सकेन ।

संस्थापन पक्षका नेता विमलेन्द्र निधि र पौडेल पक्षका नेताहरुबीच भएको छलफल सहमतिमा पुग्न सकेन ।
तर वार्ता टोलीका सदस्य दिलेन्द्रप्रसाद बडूले पार्टीभित्रको विवाद सकारात्म ढंगबाट टुंगिने विश्वास व्यक्त गरेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेता बडूले विवाद सहमति नजिक पुगेको तर टुंगिनसेकेको बताए । उनले भने, “हामी सहमतिको नजिक पुगेका छौं । टुंगिसकेको छैन् । तर, सकारात्मक ढंगले टुंगिन्छ ।”

नेता बडूले विवादित विषय दुबै पक्षका शीर्ष नेताहरुसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए । “हामीबीच भएको सहमतिलाई राखेर शीर्ष नेताहरु पनि आपसमा सल्लाह गर्नुहोला, अनि टुंग्याउने । हामीहरुबीच पनि एक राउण्ड नेताहरुसँग बसेर छलफल गर्ने कुरा छ ।”

पुस २६ गते शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु सहभागी नभएपछि लगातार बोलाइएको बैठक बस्न सकिरहेको छैन । नेताहरुलाई सहमतिमा ल्याउन भन्दै देउवाले केन्द्रीय कार्यसमिति बैठक पुस १० गतेसम्मका लागि स्थगित गरेका थिए ।

१४ औं महाधिवशेनको कार्यतालिका, नेविसंघ तरुण दल र विभागहरुमा सहमति जुट्न नसकेपछि कांग्रेसको बैठक बस्न सकेको छैन ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ५ : १८ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको