वैदेशिक रोजगारीका माध्यमबाट भ्रमण वर्षको प्रवर्द्धन गरिने « Khabarhub

वैदेशिक रोजगारीका माध्यमबाट भ्रमण वर्षको प्रवर्द्धन गरिने


६ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धन गरिने भएको छ ।

वैदेशिक रोजगार व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षका प्रवर्द्धनात्मक टोपी, गन्जी, पोष्टर पम्पलेट अनिवार्य रुपमा उपलब्ध गराउने भएका हुन् ।

दैनिक करीब एक हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने गरेका सन्दर्भमा विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रवर्द्धनात्मक सामग्रीसहित पठाउन लागिएको हो । भ्रमण वर्ष शुभारम्भ भएको दिनदेखि नै व्यवसायीले विदेश जाने नेपालीलाई भ्रमण वर्षको प्रचारप्रसार हुने सामग्री उपलब्ध गराउने छन् ।

यसैगरी व्यवसायीले आ–आफ्नो कार्यालयमा भ्रमण वर्षको प्रतीक चिह्न राख्नुकाका साथै ‘लेटरप्याड’, ‘भिजिटिङ कार्ड’ लगायत कार्यालयका सामग्री र इमेलमा पनि भ्रमण वर्ष २०२० लेखिएको प्रतीक चिह्न प्रयोग गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका महासचिव सुजितकुमार श्रेष्ठले जानकारी दिए ।

सरकारले विभिन्न ११० मुलुकलाई संस्थागतरुपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरेको छ । वार्षिक झण्डै पाँच लाख नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुग्ने गरेका छन् ।

भ्रमण वर्ष शुभारम्भका दिन व्यवसायीको तर्फबाट १०० जनाको पदयात्रा गर्ने तयारी अगाडि बढाइएको उनको भनाइ छ । यही पुस १६ गते दशरथ रङ्गशालाबाट भ्रमण वर्ष २०२० को शुुभारम्भ गरिँदै छ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ ।

प्रकाशित मिति : ६ पुस २०७६, आइतबार  ८ : २९ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा