घरेलु महोत्सवमा १० करोड बढीको कारोबार « Khabarhub

घरेलु महोत्सवमा १० करोड बढीको कारोबार


२५ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा चलिरहेको ‘नेपाल १५औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’ को तेस्रो दिनसम्म  १० करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

शनिबारसम्म मेलामा १ लाख ८७ हजार जनाले सो मेलाको अवलोकन गरेको आयोजक नेपाल घरेलु तथा साना उद्योग महासङ्घले जनाएको छ । महासङ्घको आयोजनामा बिहीबारदेखि शुरु भएको मेलामा बिहीबार २० हजार जनाले तथा शुक्रबार ५० हजार जनाले अवलोकन गर्नुका साथै ४ करोडको कारोबार भएको थियो ।

शनिबार १ लाख १७ हजार जनाले मेलाको अवलोकन गरेका थिए भने ६ करोडको कारोबार भएको महासङ्घले जनाएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यका साथ आगामी मङ्गलबारसम्म चल्ने प्रदर्शनीको मुख्य नारा ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्ब गरौँ’ र ‘उद्योग गरौँ, उद्यमी बनौँ, उठाऔँ नेपाल’ रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एक समारोहका बीच सो मेलाको उद्घाटन गरेकी थिइन् । नेपाली स्थानीय घरेलु तथा साना उद्योगका उत्पादनको प्रवर्द्धन र बजारीकरण गर्न मेला शुरु भएको हो ।

मुलुकभरका झण्डै चार लाख लघु, घरेलु तथा साना उद्योगलाई प्रतिविम्बित गर्ने प्रदर्शनीको मुख्य उद्देश्य रहेको मेला संयोजक तथा महाङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले बताए । महोत्सवको सह–आयोजक अर्गानिक एशोसियशन अफ नेपाल रहेको छ ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग विकास कोष, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रपति महिला उत्थान कार्यक्रम, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँ महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगकोे सहकार्यमा प्रदर्शनी आयोजना गरिएको हो ।

५ दिनसम्म चल्ने सो मेलामा २०५ कक्ष, उपत्यका बाहिरका ५२ जिल्लाका ८० उद्योग सञ्चालक सहभागी छन् । चीन, भारत र बङ्गलादेशका गरी ४५ अन्तर्राष्ट्रिय कक्षसमेत रहेका छन् । ५ दिनको अवधिमा झण्डै ४ लाख ५० हजार जनाले मेलाको अवलोकन गर्नुका साथै १५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार  ९ : ०२ बजे

कांग्रेस एकताबारे असार २५ सम्म निर्णय माग्दै शेखरको अल्टिमेटम

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकताबारे असार २५

अर्थमन्त्रीले भने- मुलुकलाई ‘ग्रे लिस्ट’बाट हटाउन सरकार प्रतिबद्ध

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकार मुलुकलाई फाइनान्सिएल एक्सन टास्क

यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते

मकवानपुर– जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को

सरकारको सय दिने उपलब्धिभित्र छोपिएको सुकुम्वासीको आँसु र अन्योलता

काठमाडौं– नयाँ सरकारले कार्यकालको सय दिन पूरा गर्दै आफ्ना उपलब्धि

कङ्गोमा इबोला सङ्क्रमण तिव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमा हाल इबोला सङ्क्रमण तिव्र भएको जनाइएको