बसको ठक्करबाट घाइते पन्तको मृत्यु, सुकेधारा-चावहिल क्षेत्र तनावग्रस्त « Khabarhub

बसको ठक्करबाट घाइते पन्तको मृत्यु, सुकेधारा-चावहिल क्षेत्र तनावग्रस्त


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विहान काठमाडौंको सुकेधारमा गाडीको ठक्करबाट घाइते भएकी गोरखा देउरालीकी सृष्टि पन्तको निधन भएको छ । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा  उपचारकाक्रममा उनको मृत्यु भएको हो ।

गाडीले ठक्कर दिएर गम्भीर घाइते भएपछि विद्यार्थीहरुले चावहिल क्षेत्रमा यातायात अवरुद्ध साथै अन्य सवारी साधनमा आगजनी समेत गरेका छन् ।

बा ४ ख ५९२० नम्बरको बसले पन्तलाई सुकेधारामा ठक्कर दिएको थियो । ठक्कर दिएर गाडी भागेपछि विद्यार्थीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका थिए ।

प्रहरीका अनुसार विद्यार्थीले एउटा गाडीमा आगजनी र अर्को तोडफोड गरेका छन् । विद्यार्थीलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ११ : ११ बजे

मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो

दमौली– मुग्लिन पोखरा सडकखण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडारमा कालोपत्र गर्न

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं – शुक्रबार नेकपा (एमाले)को सचिवालय बैठक बस्दै छ ।

ग्यास्ट्रिक भनेर नझुक्किनुस्, त्यो हृदयाघात पनि हुन सक्छ  

काठमाडौं– के तपाईंलाई छाती डम्म हुने वा पोल्ने समस्या छ

सशस्त्र प्रहरीद्वारा ठोरीबाट ९१ केजी गाँजा बरामद

वीरगञ्ज– सशस्त्र प्रहरी बल नेपाल पर्साले पर्साको ठोरी गाउँपालिकाबाट अवैध

सञ्चारमन्त्री खरेलको पहलमा पत्रकार सुरेश रजक सहिद घोषणा

काठमाडौं– विसं २०८१ चैत १५ गते चन्द्रागिरिस्थित निवासमा पाँचारे भोजका