सिटौलाले ‘दाउ हेर्दा’ देउवालाई संकट, पौडल पक्षसँग कुरा मिल्नै बाँकी ! | Khabarhub Khabarhub

सिटौलाले ‘दाउ हेर्दा’ देउवालाई संकट, पौडल पक्षसँग कुरा मिल्नै बाँकी !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा देखिएको विवाद अझै समाधान हुन सकेको छैन । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच देखिएको विवादले पार्टीको केन्द्रीय कार्यसमिति बैठक नै प्रभावित बन्दै आएको छ ।

पुस २६ गते सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक वरिष्ठ नेता पौडेल पक्षले वहिष्कार गरेपछि पार्टी भित्रको समस्या सतहमा देखिएको थियो ।

सभापति देउवाले विभागहरुको संख्या थप गर्ने लगायतका प्रस्ताव बैठकमा ल्याएपछि पौडेल पक्ष असन्तुष्ट बनेको थियो ।

१४ औं महाधिवेशनको कार्यतालिका, नेपाल विद्यार्थी संघ भित्रको विवाद, तरुण दल लगायतका समस्या समाधान गर्ने विषयमा संस्थापन पक्ष गम्भीर नदेखिएको भन्दै वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको भनाइ छ ।

असन्तुष्ट पक्षलाई सहमतिमा ल्याएर बैठक राख्नका लागि सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक पुस १० गतेका लागि बोलाएका छन् । तर त्यसबीचमा पनि सहमति जुट्ने सम्भावना क्षिण बन्दै गएको देखिएको छ । पार्टी भित्रका समस्या समाधान गर्नका लागि संस्थापन र असन्तुष्ट पक्षले समितिनै बनाएर वार्ता गरिरहेपनि कुनै ठोस निष्कर्षमा भने पुग्न सकिरहेको छैन ।

तर वार्ताहरु सकारात्मक हुँदै गएको र सहमति नजिक पुगेको पौडेल पक्षधर नेता दिलेन्द्र बडू दाबी गर्छन् ।

उनले पार्टी भित्रको विवाद सकारात्म ढंगबाट टुंगिने विश्वास व्यक्त गरे । उनले भने, “हामी सहमतिको नजिक पुगेका छौं । टुंगिसकेको छैन् । तर, सकारात्मक ढंगले टुंगिन्छ ।”

नेता बडूले विवादित विषय दुबै पक्षका शीर्ष नेताहरुसँग थप छलफल गरेर निष्कर्षमा पुग्ने बताए । “हामीबीच भएको सहमतिलाई राखेर शीर्ष नेताहरु पनि आपसमा सल्लाह गर्नुहोला, अनि टुंग्याउने । हामीहरुबीच पनि एक राउण्ड नेताहरुसँग बसेर छलफल गर्ने कुरा छ ।”

महाधिवेशन बारे सहमति नजिक

वरिष्ठ नेता रामचन्द्र पौडेलले बैठकमा बस्न अस्वीकार गरेकापछि महाधिवेशनको मुद्दा उठाएका थिए । सभापति देउवाले महाधिवेशनको कार्यतालिका प्रस्तुत नगर्न खोजेको उनको आरोप थियो । पौडेल पक्षले २०७७ सालको मंसिर पहिलो सातामा महाधिवेशन गर्न प्रस्ताव गर्दै आएको थियो भने संस्थापन पक्षले फागुनमा महाधिवेशन गर्ने प्रस्ताव गरेको थियो ।

‘उहाँहरुले भनेको मंसिरमा हो, सभापतिजीले फागुनमा महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउन तयार हुनुभएको छ’ देउवा निकट एक नेताले भने,‘तर पनि पार्टी भित्रको समस्या समाधान भइरहेको छैन । उहाँहरु बैठकमा बस्नु भएको छैन ।’

उनले १० गतेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेल पक्षधर नेताहरु सहभागी हुने विश्वास व्यक्त गरे । उता असन्तुष्ट पक्षले पनि फागनुमा महाधिवेशन गर्ने कार्यतालिकाप्रति चित्त बुझाएको पौडेल निकट नेताको भनाइ छ ।

समस्या विद्यार्थी र तरुणमा

महाधिवशनको कार्यतालिकामा समस्या नदेखिएपनि कांग्रेस भित्रको विवाद सकिएको छैन । देउवा निकट एक नेताका अनुसार पौडेल पक्षले तरुण दल र नेविसंघका विषयमा अत्तोथापेका कारण समस्या उत्पन्न भएको हो ।

‘उहाँहरु हरेक विषयमा भागवण्डा खोजिरहनु भएको छ, यसले गर्दा समस्या देखिएको हो, तर अब समाधान हुने दिशातिर वार्ता अघि बढिरहेको छ ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेता हृदयराम थानीका अनुसार नेपाल विद्यार्थी संघ वा तरुण दलमध्ये एउटाको अध्यक्षमा पौडेल पक्षले दावी गरेको छ । त्यस्तै विद्याथीको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा पनि पौडेल पक्षले दावी गरेपछि समस्या उत्पन्न भएको संस्थापन पक्षका नेताहरुको आरोप छ ।

किन पेलेर अघि बढ्न सक्दैनन् देउवा ?

यसअघि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा असन्तुष्ट पक्ष उपस्थित नभएपनि पेलेर जाने पक्षमा पुगेका थिए सभापति देउवा । तर एकाएक उनले बैठक स्थगन गरेर १० गतेका लागि पु¥याए । यसबाट उनी पेलेर नभइ सहमतिका साथ अघि बढ्न चाहेको प्रस्ट हुने नेपाली कांग्रेसका नेता तथा उपसभापति विमलेन्द्र निधिको भनाइ छ ।

बैठकहरुमा नबसी समस्याको समाधान खोज्दा समस्या थप जटिल बनेको निधिको भनाइ छ ।

त्यसोत देउवाले दैनिकजसो आफू निकट नेताहरुसँग परामर्श गरिरहेका छन् । उनले कोर ग्रुपमा रहेका विमलेन्द्र निधि, रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, प्रकाशशरण महत लगायतसँग छलफल गरिरहेका छन् ।

‘सभापतिज्यू पेलेर भएपनि बैठकलाई अघि बढाउने र पार्टी भित्र देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ’ देउवा निकटका एक नेताले भने, ‘पेलेर जाँदा पछि समस्या देखा पर्छ बरु केही दिन धैर्य गरौं भनेर हामीले उहाँलाई कन्भिन्स गराएका कारण उहाँले कुर्नु भएको हो । नभए अवस्था अर्कै भइसक्थ्यो ।’

गुटैगुटको भागबण्डाले देउवालाई सकस

त्यसोत नेपाली कांग्रेस भित्र देउवा बाहेक पनि तीन वटा गुट देखिएका छन् । पौडेल गुट, कृष्णप्रसाद सिटौला गुट र विजयकुमार गच्छादार गुट । यी सबै गुटले भागवण्डा खोजेपपछि देउवा थप समस्यामा परेका देउवा निकट एक नेताले बताए ।

‘सिटौलाजी यही बेला हो भाग लिने भनेर च्याखे थापेर बस्नु भएको छ, विजयकुमारलाई पनि भाग दिनुपर्ने अवस्था बनेको छ’ देउवा निकट नेताले भने,‘यसले गर्दा सभापतिलाई व्यवस्थापन गर्न केही असहज भएको हो ।’

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  १ : २७ बजे

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा

अफगानिस्तानको बाढीमा परि कम्तिमा ५० जनाको मृत्यु

काठमाडौं– मध्य अफगानिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा ५०