मनाङसँग स्तब्ध आर्मी– ‘मिस कम्युनिकेशन’ले खेल हारियो ! « Khabarhub

मनाङसँग स्तब्ध आर्मी– ‘मिस कम्युनिकेशन’ले खेल हारियो !


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिगको साविक विजेता मनाङ मर्स्याङ्दीका मुख्य प्रशिक्षक फुजा तोपेले विभागिय क्लब त्रिभुवन आर्मीसँग रणनीति अनुसार खेल्न सफल भएको बताएका छन्।

`रणनीति अनुसार खेल्दा ३ अंक जोड्न सफल भयौं,´ प्रशिक्षक तोपेले भने, ´हामी १ अंकका लागि मैदान उत्रिएका थियौं, तर अन्तिमसम्म पुग्दा ३ अंक पायौं । खुसी छौं।´

सोमबार दशरथ रंगशालामा भएको खेलमा मनाङले अतिरिक्त समयमा गोल गर्दै विभागीय टोली त्रिभुवन आर्मीमाथि  १-० गोल अन्तरको जीत हात पारेको छ।

मनाङका लागि भारतीय खेलाडी दयानन्द सिंहले गोल गरेका थिए। आर्मीका गोलकिपर विकेश कुथुले क्लियर गर्न खोजेको बललाई दयानन्दले गोलमा परिणत गरेका हुन् ।

मनाङविरुद्व ३ अंक जोड्ने लक्ष्यसहित मैदान उत्रिएको आर्मीका खेलाडीबीच मिस कम्युनिकेसन हुँदा हार व्यहोर्नुपरेको प्रशिक्षक नवीन न्यौपानेले बताए।

`हामीले पाएका अवसर सदुपयोग गर्न सकेनौं । खेलाडीहरूबीच मिस कम्युनिकेसनले गर्दा अन्तिम समयमा गोल खान पुग्यौं,´ प्रशिक्षक न्यौपानेले भने ।

मनाङका प्रशिक्षक तोपेले क्लबमा ढिला आएका कारण टिमको व्यवस्थापनमा समस्या रहेपनि आज (सोमबार)को खेलबाट सन्तुष्ट रहेको बताए ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  २ : ५८ बजे

सरकारको नीति तथा कार्यक्रमप्रति निजी क्षेत्र उत्साहित

चितवन – आगामी आर्थिक वर्षका लागि सरकारले सदन मार्फत सार्वजानिक

तेरियाको डेब्यू फिल्म ‘मितज्यू’को ट्रेलर यस्तो बन्यो

काठमाडौँ- नायकद्वय दयाहाङ राई र सौगात मल्ल शीर्ष भूमिकामा रहेको

चीनले सुरु गर्‍यो विश्वव्यापी एआई शिक्षा प्लेटफर्म : कसरी लिन सकिन्छ लाभ ?

हङझाउ – चीनले शिक्षा क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पहुँच

टोखामा बजार अनुगमन, ४६ व्यवसायी कारबाहीमा

काठमाडौँ– टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि

होल्डिङ सेन्टरका सुकुमवासीलाई झुल वितरण

बाँके– कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसिरहेका भूमिहीन सुकुमवासी