श्रम स्वीकृतिको काम अब अनलाइनबाटै « Khabarhub

 श्रम स्वीकृतिको काम अब अनलाइनबाटै


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाटै हुने भएको छ ।

वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व श्रम  स्वीकृतिको काम अनलाइनबाटै हुने भएपछि अब  फाइल लिएर म्यानपावर व्यवसायी वैदेशिक रोजगार विभाग अन्तर्गतको श्रम कार्यालय धाउनु नपर्ने भएको हो।

विभागले आइतबारदेखि मलेसिया, युएई र कुवेतबाट पूर्व श्रम स्वीकृतिको परिक्षण शुरु गरेको हो । म्यानपावर कम्पनीले रोजगारदाता देशबाट डिमाण्ड निकालेपछि उनीहरुले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् ।

त्यसपछि पूर्व श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट गरिने छ । उक्त काम अनलाइनमा भएको सवै विवरण सम्बन्धित म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ ।

त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तर्वाता लिन पाउँनेछन् ।

हाल पूर्व श्रम स्वीकृति कागज रुपमा लिएर अन्तर्वाता लिँदै आएका थिए । अब भने अन्तर्वाता लिएको विवरण पनि अनलाइन प्रणालीमा समावेश हुन्छ ।

वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने अनलाइन प्रणालीको विकास गर्ने लागेको विभाग महानिर्देशक भीष्म भुषालले जानकारी दिएका छन् । अनलाइन प्रणालीबाट काम गर्ने थालेपछि विगतका तुलनामा धेरै समस्या समाधान हुँदै गएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : २० बजे

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं- राष्ट्रिय सभाले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ

राष्ट्रियसभामा अर्थमन्त्री डा. वाग्लेको जवाफ

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाल सरकारको

करेन्ट लागेर प्राविधिकको मृत्यु

कृष्णनगर (कपिलवस्तु)- कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने

भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसलाविरुद्ध अख्तियारको पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन