प्रदेश १ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्छौंः मुख्यमन्त्री राई « Khabarhub

प्रदेश १ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गर्छौंः मुख्यमन्त्री राई


७ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विराटनगर- मुख्यमन्त्री शेरधन राईले प्रदेश नंं.१ लाई उत्कृष्ट पर्यटकीयस्थलको रुपमा विकास गरिने बताएका छन् ।

नेपाल भ्रमण वर्ष २०२० लाई भव्य एवं सभ्य बनाउन गरेको तयारीको विषयमा जानकारी गराउने उद्देश्यले प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिद्वारा आयोजित कार्यक्रममा उनले सरकारले छनोट गरेको १०० गन्तव्य स्थानमा यो प्रदेशमा १६ रहेको र यी सबै स्थानलाई पर्यटकीयस्थलको रूपमा विकास गर्न गुरुयोजना बनाउन लागेको जानकारी दिए ।

मुख्यमन्त्री राईले यस प्रदेशमा पाँच लाख पर्यटक भित्र्याउन प्रदेश सरकारले आफ्ना कार्ययोजनासहित अघि बढ्न समितिलाई निर्देशन दिँदै पर्यटन वर्षभरिमा गरिने कार्यको पनि सूची सार्वजनिक गर्न निर्देशन दिए ।

प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिका संयोजक एवं उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुसियतले पर्यटकीय क्षेत्रको विकासबाट नै देशको अर्थतन्त्र बलियो हुने र देशको चिनारी पनि बढ्ने भएकाले यसका लागि सबैले जिम्मेवारीपूवर्क कार्य गर्नुपर्नेमा जोड दिए ।

उद्योग, पर्यटन, वन तथा वातावरण सचिव सञ्जीव राईले पुस १६ गते स्थानीय शहीद रङ्गशालामा पर्यटन वर्ष २०२० को शुभारम्भ हुने र सो अवसरमा हेलिकप्टरबाट पुष्प अर्पण, विभिन्न संघ संस्थाबाट झाँकी प्रदर्शन, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल स्काउटको तर्फबाट मार्च पास गरिनुका साथै ड्रोनबाट नेपालको झण्डा फहराउने जस्ता गतिविधि हुने जानकारी दिए ।

सो अवसरमा होटल व्यवसायी संघ विराटनगरका अध्यक्ष राजन श्रेष्ठले एक वर्षमा आउने पर्यटकलाई खानामा १५ प्रतिशत र बासमा २० प्रतिशत छुट दिने घोषणा गरे ।

प्रकाशित मिति : ७ पुस २०७६, सोमबार  ७ : ३५ बजे

आहा रारा गोल्डकप : आज जावलाखेल र मछिन्द्र क्बल खेल्दै

काठमाडौं–  २५औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबलमा आज जावलाखेल युथ

बाघ निकम्मा भएपछि राजनीतिमा वनबिरालाको चुरीफुरी !

छातीमा वाण लागेपछि मृत्यु शैय्यामा रहेका बाली श्रीरामको मर्यादामाथि प्रश्न

कुखुरामा इकोलाईको समस्या

चितवन– चितवनमा पालिएका कुखुरामा इकोलाईको समस्या देखिएको छ । राष्ट्रिय

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं– सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

एमाले अध्यक्ष ओली आज झापाका ११ कार्यक्रममा सहभागी हुँदै

झापा– नेकपा एमालेका अध्यक्ष एवं झापा क्षेत्र नम्बर ५ का