वैदेशिक रोजगारीमा जाने नेपालीको अनिवार्य मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव « Khabarhub

वैदेशिक रोजगारीमा जाने नेपालीको अनिवार्य मानसिक स्वास्थ्य परीक्षण गर्न सुझाव


८ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले वैदेशिक रोजगारीमा जाने श्रमिकको अनिवार्य मानसिक स्वाथ्य परीक्षण गरे मात्र विदेश पठाउन सरकारलाई सुझाव दिएको छ । रोजगारीमा जाने श्रमिकको मानसिक स्वास्थ्य परीक्षण नहुँदा उनी मानसिक रोगबाट ग्रस्त हुनेगरेको आयोगले जनाएको छ ।

आयोगले मंगलबार आप्रवासन र मानसिक स्वास्थ्य विषयमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै आयोगका सदस्य सुदिप पाठकले वैदेशिक रोजगारीमा जाने श्रमिकका हकमा मानसिक स्वास्थ्य गम्भीर विषय भएको बताए । रोजगारीमा जाने कामदारलाई नेपालमा मानसिक स्वास्थ्य परीक्षण नहुँदा रोजगारदाता देशमा पुगेपछि समस्यामा पर्ने गरेको उनको भनाइ छ । पाठकले  रोजगारीका लागि विदेशीने श्रमिकको विदेश जानुअघि नै स्वास्थ्य परीक्षण गर्नुपर्ने पनि बताए ।

वैदेशिक रोजगारीमा जाने श्रमिक पछिल्लो समय सामाजिक सञ्जालको प्रयोगका कारण पनि मानसिक समस्यामा पर्ने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले बताए । रेमिट्यान्सका विषयमा परिवारमा कुरा नमिल्दा उनीहरुको  मानसिक स्वास्थ्यमा असर परिरहेको उनको भनाइ छ ।

बोर्डले मानसिक रोगीका लागि छुटै स्वास्थ्य परीक्षण र अभिमुखिकरण तालिमको व्यवस्था गर्न लागेको पनि कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीका क्रममा ३० प्रतिशतमा डिप्रेशन देखा पर्ने गरेको आयोगको एक अध्ययनले औंल्याएको छ । यस्तै २० प्रतिशतमा एनजाइटिज, १० प्रतिशतमा रक्सी सिकर र १० प्रतिशतमा कडा मानसिक रोग हुनेगरेको आयोगको अध्ययनमा उल्लेख छ ।

वैदेशिक रोजगारीमा समस्यामा परेका श्रमिकका कारण उनीहरुको परिवारका सदस्यहरुमा पनि मानसिक समस्या उत्पन्न हुनेगरेको आयोगले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७६, मंगलबार  १२ : ५४ बजे

३७ खर्ब ५५ अर्ब नाघ्यो विदेशी मुद्राको सञ्चिति, १९ महिनालाई आयात धान्न पुग्ने

काठमाडौं – चालु आर्थिक वर्षको जेठ मसान्तसम्म नेपालमा वैदेशिक मुद्राको

हर्मुज जलमार्ग रक्षा गर्नका लागि अमेरिकालाई ‘भुक्तानी’ मिल्ने राष्ट्रपति ट्रम्पको दावी

वासिङ्गटन – संयुक्त राज्य अमेरिकाले रणनीतिक महत्वको हर्मुज जलडमरूमध्य (हर्मुज

शिक्षा मन्त्रालयद्वारा ‘होल्डिङ सेन्टर’ का विद्यार्थीलाई राहत सामग्री वितरण

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भक्तपुरको खरिपाटी र बोडेस्थित

आफ्नै कारण सरकार घेराबन्दीमा पर्दा रास्वपाभित्र छटपटी, नेताहरूमा चुलिँदै असन्तुष्टि

काठमाडौं- पछिल्लो समय वालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले गलत र

युरोपेली समर्थन जुटाउन जेलेन्स्की पेरिसमा, हवाई सुरक्षा र युद्ध रणनीतिमा केन्द्रित छलफल

किएभ- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युक्रेनलाई थप सैन्य तथा सुरक्षा सहयोग