स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको वीरेन्द्र बजारमा स्कोरपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सो दुर्घटनामा परी मोटरसाइकल चालक सप्तरीको राजगढ गाउँपालिका–६ बस्ने ३५ वर्षीय राकेशकुमार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

यस्तै मोटरसाइकलको पछाडि सवार सोही गाउँपालिका बस्ने ३५ वर्षको प्रभात यादवको राजविराजस्थित गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी उपरीक्षक भारतीले जानकारी दिए ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको च१च १३८१ नंको स्कोरपियोले विपरीत दिशाबाट आउँदै गरेको यादव सवार स१०प ८२५ नं को मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  २ : ३८ बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका