भ्रमण वर्षलाई लक्षित गरी सम्पदा पदयात्रा शुरु हुँदै « Khabarhub

भ्रमण वर्षलाई लक्षित गरी सम्पदा पदयात्रा शुरु हुँदै


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाहरुमा पदयात्रा गरिने भएको छ ।

बेटर नेपालको पहलमा हुन लागेको पदयात्रामा स्थानीय तहका जनप्रतिनिधि, सुरक्षाकर्मी, कर्मचारी, युवा, विद्यार्थी, कलाकार र सामाजिक अभियानकर्मी सहभागी हुने छन् ।

सरकारले गर्न लागेको अभियानमा सहयोग पु¥याउने हेतुसाथ पदयात्रा गर्न लागिएको अयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । बेटर नेपालका अध्यक्ष माला खरेलले पुस १२ गतेदेखि पदयात्रा शुरु गरिने जानकारी दिइन् ।

पशुपति मन्दिरबाट शुरु गरिने पदयात्रा वसन्तपुर दरबारसम्म पु¥याइने छ । पुस १९ गते माइतीघर मण्डलदेखि स्वयम्भू स्तूपमा पुग्ने कार्यक्रम छ ।

यस्तै पुस २६ गते पाटनढोकादेखि पाटन कृष्णमन्दिरसम्म र माघ ४ गते नयाँ ठिमी शङ्खधरचोकबाट भक्तपुर दरबार परिसरसम्म पदयात्रा गर्ने कार्यक्रम छ । खेलकूदको माध्यमबाट नेपाल भ्रमण वर्षको प्रवद्र्धन गर्नका लागि सो दिन अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धरलाई सहभागी गराइने छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  १० : २५ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२