‘ट्राफिक उज्यालो अभियान’: ८ दिनमा १५ हजार बढी सवारी चालकमाथि कारबाही « Khabarhub

‘ट्राफिक उज्यालो अभियान’: ८ दिनमा १५ हजार बढी सवारी चालकमाथि कारबाही


९ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले ट्राफिक नियम उल्लंघन विरूद्ध चलाएको विशेष कार्यक्रम ‘ट्राफिक उज्यालो अभियान’ अन्तर्गत पुस महिनाको आठ दिनमा मात्रै १५ हजार बढीलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्वारा सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यार्थीलाई ट्राफिक नियमबारे जानकारी दिँदै सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न शुरु गरिएको उक्त अभियानका क्रममा  नियम मिच्न १५ हजार बढीलाई कारबाही गरिएको हो ।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै सडक प्रयोगकर्तामा ट्राफिक नियमसम्बन्धी जिम्मेवारी बोध गराउने र कानून कार्यान्वयनका लागि विशेष कारवाही अभियान सञ्चालन हुनेगरी यही पुसबाट उक्त अभियान थालिएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढालले अभियानका क्रममा पुसको पहिलो हप्तामा मात्रै उपत्यकामा १५ हजार ४ सय ४४ सवारी चालक कारवाहीमा परेको जानकारी दिए ।

अभियानका क्रममा ढोका खुल्ला राखेर चलाउने एक हजार २२, सडकमा सवारी तथा पैदलयात्रीलाई आवतजावतमा अवरोध हुनेगरी पार्किङ गर्ने ९५०, हर्न बजाउने ५००, मापसे गरी सवारी चलाउने ७९०, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, एकतर्फी सडकमा गाडी चलाउने १८९, जथाभावी सवारी मोड्ने २२९, बढी भाडा लिने २४४ चालक कारवाहीमा परेका छन् ।

यस्तै क्षमताभन्दा बढी यात्रु बोक्ने २८, सिसी टिभी हेरेर ५२९, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी साधनको अवस्था ठिक नबनाई गाडी चलाउने ५७० चालकलाईसमेत कारवाही गरिएको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना गराइने जनाइएको छ । महाशाखाले मङ्सिर महिनामा ५३ हजार १९३ सवारी चालकलाई कारवाही गरेको जनाएको छ ।

प्रकाशित मिति : ९ पुस २०७६, बुधबार  ९ : ३५ बजे

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज

बीपी स्मृति दिवसमा कांग्रेसले जलवायुसम्बन्धी जनचेतना कार्यक्रम गर्ने

काठमाडौं- नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता बीपी कोइराला को ४४औँ

हङकङ मुद्दामा अमेरिकी नीतिमा परिवर्तन, संकटकाल नवीकरण नगर्ने निर्णय

वासिङ्टन-  हङकङको राष्ट्रिय सुरक्षा कानुनसँग सम्बन्धित सुरक्षा जोखिमलाई आधार बनाएर सन्

तुलसीपुर उपमहानगरद्वारा १५४ वटा कानुन निर्माण

दाङ- तुलसीपुर उपमहानगरपालिकाले हालसम्म १५४ वटा विभिन्न कानुन निर्माण गरी कार्यान्वयनमा