चिसोबाट बच्न बालेको आगोमा जलेर एकको मृत्यु « Khabarhub

चिसोबाट बच्न बालेको आगोमा जलेर एकको मृत्यु


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही- चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालिएको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पूरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । घाइते साहको उपचारका क्रममा गए राति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालिएको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् ।

गएराति ९ बजे आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिए ।

आगलागीबाट २१ लाख क्षति

ईश्वरपुर नगरपालिका–६ बैलवास बजारमा आगलागी हुँदा तीन जनाको घर पसल जलेर नष्ट भएको छ । आगलागीबाट करीब रु २१ लाखको क्षति भएको प्रहरीले जनाएको छ । गए राति करीब साढे ९ बजे बिजुलीको तारमा सर्ट भई आगलागी हुँदा स्थानीयवासी हकिममियाँ मुकेरी, तसबीर अन्सारी र मजहर हुसेन मिकरानीको घर पसल जलेको छ ।

आगलागीबाट हकिममियाँको दुईकोठे घर र पसल जलेर पाँच लाख बराबरको क्षति भएको छ । अन्सारीको नुर आर्ट ग्लेरी पसलमा आगलागी हुँदा सात लाख बराबरको क्षति भएको छ ।

त्यस्तै मजहर हुसेनको सहयोगी सर्जिकल मेडिकल पसलमा आगलागी हुँदा आठ लाख बराबरको औषधि र एक लाख नगद गरी नौ लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगो स्थानीयवासी, वारुणयन्त्र र प्रहरीको सहयोगमा गए राति करीब ११ बजे नियन्त्रणमा आएको थियो ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ९ : ३३ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा