डलर साटिदिने भन्दै १५ लाख लुटेर फरार « Khabarhub

डलर साटिदिने भन्दै १५ लाख लुटेर फरार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– काभ्रेको धुलिखेलमा केही व्यक्ति डलर साट्ने बहानामा १५ लाख रुपैयाँ लुटेर फरार भएका छन् ।

घुलिखेल अस्पतालको नर्सिङ होस्टेल पछाडिबाट केही व्यक्ति डलर साटने भन्दै १५ लाख रुपैयाँ नगद लगेर फरार भएका हुन् ।

रुकुमको मुसिकोट नगरपालिका–२ खलङ्गा घर भएका ३० वर्षीय पुरुषले डलर साटिदिने भन्दै १५ लाख रुपैयाँ बोकेका थिए । तर, २ जना अपरिचित व्यक्तिले आफूहरुले नै डलर साटिदिने भन्दै पैसाको झोला लगेर फरार भएको सूचना आएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका २ जना व्यक्ति अझै फेला परेका छै्रनन् । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  १२ : ३० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना