म्यादी बीमा अनलाइन प्रणालीमार्फत गराउन निर्देशन « Khabarhub

म्यादी बीमा अनलाइन प्रणालीमार्फत गराउन निर्देशन


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी बीमा गराउँदै आएका ४ वटा कम्पनीलाई बीमा समितिले वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा जोड्न निर्देशक दिएको छ ।

श्रमिकको म्यादी बीमाको पुल व्यवस्थापकका रुपमा काम गर्दै आएका गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी, युनियन लाईफ इन्स्योरेन्स कम्पनी र रिलायबल नेपाल लाईफ इन्स्योरेन्स गरि चार कम्पनीहरुलाई कम्प्युटरमार्फत स्वचालित प्रणालीद्वारा बीमा गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको सबै काम अनलाइन प्रणालीमार्फत काम सुरु भएपनि बीमा कम्पनीले भने म्यादी बीमाका काम अनलाइनबाट गर्न अस्वीकार गर्दै आएका थिए । जसका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारले तोकेभन्दा धेरै पैसा तिर्ने बाध्य थिए ।

म्यादी बीमा एजेन्टमार्फत गराउँदा श्रमिकलाई ५ सयदेखि १ हजारसम्म आर्थिक भार पर्दै आएको थियो । अनलाइन प्रणालीमार्फत काम गर्दा समस्या हुने भन्दै म्यादी बीमाको काम गदै आएका कम्पनीहरु तर्किदै आएका थिए ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  २ : ०८ बजे

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल

भृकुटीमण्डपमा नेकपाको एकता सन्देश सभा र्‍याली (तस्बिरहरू)

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को एकता सन्देश सभा