मलेसियाले अवैध विदेशी श्रमिकलाई आममाफीको समय नथप्ने « Khabarhub

मलेसियाले अवैध विदेशी श्रमिकलाई आममाफीको समय नथप्ने


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मलेसिया सरकारले अवैध विदेशी श्रमिकलाई दिएको आममाफी (व्याक फर गुड)को समय नथप्ने भएको छ ।

मलेसियाको अध्यागमन विभागका उच्च अधिकारीहरुले डिसेम्वर ३१ तारिखसम्मका लागि दिइएको आममाफी कार्यक्रमको समय नथप्ने विषयमा सम्बन्धित देशमा नियोगलाई जानकारी गराएका छन् ।

अध्यागमन विभागका प्रमुख खैरुल दाज्मी दाउदले विदेशी श्रमिकलाई स्वदेश फर्कन दिएको आममाफी (व्याक फर गुड) समय नथप्ने उदघोष गरेको मलेसिया स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

मलेसियास्थित नेपाली दूतावासले अवैध रुपमा बसेका श्रमिकलाई नेपाल आममाफीको समय भित्र स्वेदश फर्कन अपिल गदै आएको छ । अवैैध (कागजातविहिन) रुपमा बसिरहेका विदेशी नागरिकलाई ७ सय रिंगिट जरिवाना तिरेर सहज रुपमा स्वदेश फर्किन अवसर मलेसिया सरकारले दिएको छ । आममाफीको समय अब ५ दिन मात्र छ ।

मलेसियोको पेनाङस्थित अध्यागमन कार्यालयले दुई दिनमा १ हजार २ सय अवैध श्रमिकको कागजात बनाएर स्वदेश फर्कन अवसर दिएको जनाइएको छ । यस्तै सुभाङजया स्थित कार्यालयले पनि दैनिक ६ सयको हाराहारी अवैध कामदारको कागजात बनाइरहेको जनाएको छ । आगामी डिसेम्वर ३१ भित्रमा ५ हजारभन्दा धेरै नेपालीले आममाफी कार्यक्रममा सहभागि हुने दूतावासको अनुमान छ ।

मलेसियाको अध्यागमन कार्यालयहरुको तंथ्याकअनुसार सन् २०१४ देखि २०१८ सम्म सञ्चालन गरेको आममाफीका क्रममा झण्डैै साढे आठ लाख व्यक्ति स्वदेश फर्किएका छन् । जसमा करिब ३० हजार नेपाली रहेको अनुमान दूतावासको छ । व्याक फर गुड कार्यक्रमका लागि हाल मलेसियाका अध्यागमन विभागको कार्यलयमा अवै विदेशी श्रमिकको भीड लाग्ने गरेको छ ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ४ : २२ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको