घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार « Khabarhub

घट्यो नेप्से परिसूचक, ५८ करोडको कारोबार


१० पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बिहीबार ०.६२ अंकले घटेको छ ।

०.०५ प्रतिशतले घट्दा नेप्से परिसूचक ११६७.४१ बिन्दुमा पुगेको हो । बिहीबार सेयर बजारमा १७२ कम्पनीले कारोबार गरेका छन् ।

१६ लाख ४१ हजार २ सय ११ कित्ता सेयर किनबेच हुँदा ५८ करोड ८६ लाख ७७ हजार ८ सय ८७ रुपैयाँको कारोबार भएको छ । नेप्सेका ८ सूचक राता छन् भने ४ सूचक हरियो रहेका छन् ।

बैंक समूह ०.६९, ट्रेडिङ्ग समूह ३५.७२, विकास र्बैैंक समूह २.२९ र जीवन बीमा समूह १६.५५ अंकले बढ्न पुगेका छन् । यस्तै होटल समूह ९.८८, जलविद्युत समूह ६.४७, वित्तीय समूह १.२५, निर्जीवन बीमा समूह २४.६७, उत्पादन मूलक समूह २४.२६, अन्य समूह ०.२५, माइक्रो फाइनान्स समूह ०.७३ र म्युचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् ।

नेपाल सेभा लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् । यस्तै, पाँचथर पावर कम्पनी लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : १० पुस २०७६, बिहीबार  ५ : ०६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर