कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु « Khabarhub

कोलम्बियामा विमान दुर्घटना, १४ जनाको मृत्यु


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोलम्बिया– कोलम्बियामा भएको विमान दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दक्षिणी शहर सान होजे डेल गुआभिरेबाट भियाभिकेनिको उडेको विमान डग्लस डीसी ३ विमान सान कार्लो डे गुआरोआ शहरनजिक दुर्घटनाग्रस्त भएको कोलम्बियाका नागरिक उड्ययन निकायले जनाएको छ ।

अधिकारीका अनुसार दुर्घटनाग्रस्त विमानमा सवार सबै १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भाउपेस प्रान्तको एउटा सानो शहरका मेयर पनि रहेका छन् । स्थानीय समयअनुसार शनिबार बिहान १० बजेर ४० मिनेटमा विमानले आपतकालीन सन्देश पठाएको जनाइएको छ ।

विमान दुर्घटना हुनुको कारणबारे स्पष्ट भइनसकेको अधिकारीले जनाएका छन् । विमान उडाउनुअघि जाँच गर्दा विमानको प्राविधिक पक्ष पनि ठिक रहेको तथा विमान चालकको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको विमान सेवा प्रदायक कम्पनी लेजर एरियो एअरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ३ : ११ बजे

निर्वाचन ७३ दिन बाँकीः कस्तो छ समानुपातिक तर्फ समावेशी समूहको प्रतिशत ?

काठमाडौं – राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनका

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका