माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह « Khabarhub

माघ २ गतेदेखि प्रदेश नं २ मा छोरी बीमा सप्ताह


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश सरकारले ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पुर्‍याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।

विसं २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभावलगायतका कारणले सोचेअनुरुपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगी बीमालगायतको अन्य सुविधा प्रदान गर्ने गरी सप्ताह मनाउने निर्णय गरेको छ ।

आगामी माघ २ गतेदेखि प्रदेशको आठ वटै जिल्लामा शिविर सञ्चालन गरिने ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानका संयोजक प्रियङ्का यादवले बताए । यो शिविरमा शिक्षा बीमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरणसहितका कार्यक्रम गरिने जनाइएको छ ।

माघ २ गतेदेखि शुरु हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुनेछन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरुलाई समेट्दै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरुको बीमा शतप्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ९ : ०५ बजे

भारतद्वारा पहिलो निजी अर्बिटल रकेट सफलतापूर्वक प्रक्षेपण

श्रीहरिकोटा – भारतले पहिलो पटक निजी क्षेत्रद्वारा निर्माण गरिएको अर्बिटल रकेट सफलतापूर्वक

उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज सम्पन्न

काठमाडौं– उदयपुरमा कोरा साइकलिङ च्यालेन्ज–२०२६ सम्पन्न भएको छ । जिल्लाको

झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति

भद्रपुर– झापामा गत आर्थिक वर्षमा  प्राकृतिक विपद्का घटनामा ११ जनाको

गैरकानुनी रूपमा फुटवेयर कारोबार नगर्न वाणिज्य विभागको आह्वान

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गैरकानुनी रूपमा फुटवेयर (जुत्ता–चप्पल)

युक्रेनी आक्रमणपछि रूसमा इन्धन अभाव चर्कियो

मस्को- युक्रेनले रूसी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण तीव्र बनाएपछि रूसका