१ सय २६ म्यानपावरले ५ महिनामा एक जना पनि श्रमिक विदेश पठाएनन् « Khabarhub

१ सय २६ म्यानपावरले ५ महिनामा एक जना पनि श्रमिक विदेश पठाएनन्


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा १ सय २६ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन् ।

वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन् । चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउन सकेका छैनन् ।

वैदेशिक रोजगारीमा कामदार पठाउन बैंक ग्यारेन्टी, धरौटी तथा कार्यालय सञ्चालन गरी करोडौं रुपैयाँ लगानी गरेपनि मंसिर महिनामा १ सय २६ भन्दा बढी म्यानपावर कम्पनीले एक जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका हुन् । चालू आर्थिक वर्षका अन्य महिनाको तथ्यांक पनि मंसिर महिनाको भन्दा खासै फरक छैन ।

कात्तिक महिनामा १ सय ६१ म्यानपावर कम्पनीले एक जना पनि कामदार नपठाएको विभागको तंथ्याकमा छ । वैदेशिक रोजगार ऐन २०७५ मा दुईमा सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपार बन्द हुने व्यवस्था छ ।

मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : १४ बजे

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको