१ सय २६ म्यानपावरले ५ महिनामा एक जना पनि श्रमिक विदेश पठाएनन् | Khabarhub Khabarhub

१ सय २६ म्यानपावरले ५ महिनामा एक जना पनि श्रमिक विदेश पठाएनन्


११ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्ष सुरु भएको ५ महिनामा १ सय २६ वटा म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन् ।

वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन् । चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा म्यानपावरले वैदेशिक रोजगारीमा कामदार पठाउन सकेका छैनन् ।

वैदेशिक रोजगारीमा कामदार पठाउन बैंक ग्यारेन्टी, धरौटी तथा कार्यालय सञ्चालन गरी करोडौं रुपैयाँ लगानी गरेपनि मंसिर महिनामा १ सय २६ भन्दा बढी म्यानपावर कम्पनीले एक जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका हुन् । चालू आर्थिक वर्षका अन्य महिनाको तथ्यांक पनि मंसिर महिनाको भन्दा खासै फरक छैन ।

कात्तिक महिनामा १ सय ६१ म्यानपावर कम्पनीले एक जना पनि कामदार नपठाएको विभागको तंथ्याकमा छ । वैदेशिक रोजगार ऐन २०७५ मा दुईमा सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपार बन्द हुने व्यवस्था छ ।

मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन् । मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएका छन् ।

प्रकाशित मिति : ११ पुस २०७६, शुक्रबार  ११ : १४ बजे

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका