पोखरा सडक महोत्सव आजदेखि « Khabarhub

पोखरा सडक महोत्सव आजदेखि


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- रेस्टुरेन्ट एन्ड बार एसोसिएशन (रेबान) पोखराले लामो समयदेखि गर्दै आएको पोखरा सडक महोत्सव आज(शनिबार)देखि शुरु हुँदैछ ।

पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्‍याउने उद्देश्यले ‘सडकमै खाऊँ सडमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नारासहित विगत २१ वर्षदेखि रेवान पोखराले महोत्सवको आयोजना गर्दै आएको हो ।

महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, विभिन्न देशका खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला, कृषि उपज प्रदर्शनी साथै पोखराका रमणीयस्थलको वृत्तचित्रसमेत प्रदर्शनी गरिने महोत्सवका संयोजक लक्ष्मण बरालले जानकारी दिए ।

बरालले पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।

रेवानका अध्यक्ष भीमसेन भुजेलले सडक महोत्सवले पोखराको पहिचानलाई अन्तर्राष्ट्रियजगत्मा पुर्‍याउन सफल भएको भन्दै यो वर्षको सडक महोत्सवले भ्रमण वर्ष २०२० लाई सफल पार्न भूमिका खेल्ने विश्वास गरे ।

गण्डकी प्रदेशका ११ जिल्लाका विभिन्न सांस्कृतिक झाँकीसहितको र्‍यालीले थप रौनकता प्रदान गर्ने उनको भनाइ छ । उनले महोत्सवले पोखराको करिब १० देखि १५ करोडको कारोवार हुने अनुमान गरिएको बताए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ६ : २३ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल