लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो– अल्बर्ट आइन्स्टाइन | Khabarhub Khabarhub

लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो– अल्बर्ट आइन्स्टाइन


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

संसारकै महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनसँग एक पटक एक जना केटोले सोध्यो – सर आज सारा संसारमा तपाईको नाम चर्चित छ । सबै तपाईको प्रशंसा मात्र गर्छन् । तपाईंलाई महान् भन्छन् । मलाई पनि सिकाउनुस् न आखिर महान् बन्ने सूत्र चाहीं के हो ?

आइन्स्टाइन त्यस केटो तिर फर्किएर हेरे र मुस्कुराउँदै भने – यसको सूत्र लगन हो । जब म तिम्रो उमेरको थिए तब गणित विषय देखि डराउँथे, जस्तो आज तिमी डराउँछौ । म धेरैजसो गणितमा नै फेल हुन्थे र मैले सजाय पाउँथे, मेरा साथीहरू मलाई जितेर अघि बढ्थे । उनीहरू मेरो मजाक उडाउँथे । म मन मारेर बस्थे ।

एकदिन मैले सोचे आखिर ममा कुनै कमी त छैन, फेरि पनि म किन गणित देखि डराउने गर्छु ? बस्, त्यो दिनदेखि मैले गणितका प्रश्नहरू समाधानको लागि निकाल्न थाले । याद राख, म बारम्बार असफल पनि भएँ । साथीहरूले खिल्ली उडाउन छोडेनन् तै पनि लगन थियो कि गणितको समस्या समाधान गरेरै छोड्नेछु । र यही लगनले मलाई आज यहाँसम्म पु¥यायो । लगन नै सफलताको सूत्र हो, गुरूमन्त्र हो । यसर्थ लगन कहिल्यै नछोड्नु तिमीले ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : १४ बजे

स्नान गरी चोखो खाएर सुरु भयो चारदिने छठ पर्व

काठमाडौं – चारदिने छठ पर्वको पहिलो दिन आज बर्तालुले स्नान

पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा तीनको मृत्यु

काठमाडौं – पछिल्ला २४ घण्टामा विपद्जन्य घटनामा परेर तीन जनाको

प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं – गत भदौ २४ गतेको जेनजी युवाहरूको प्रदर्शनका क्रममा

रिब्दीकोटका किसानले अकबरे खुर्सानी बिक्री गरेर दसैँतिहार मनाए

पाल्पा – यहाँको रिब्दीकोट गाउँपालिका फेकका जितबहादुर छहरीले अबकरे खुर्सानी

आहारको व्यवस्थापनले गिद्धको आगमन बढ्दै

तनहुँ – जिल्लाको व्यास नगरपालिका-१० दुम्सी सिशुवा भतेरीस्थित शिवालय गौ