देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल पक्षको बैठक « Khabarhub

देउवाले एकलौटी निर्णय गरेको भन्दै पौडेल पक्षको बैठक


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका असन्तुष्ट पक्ष छलफलमा जुटेका छन् ।

सभापति शेरबहादुर देउवाले असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय कार्यसमिति बैठकबाट शुक्रवार आफ्नो कार्यकाल एक वर्ष थप गरेपछि असन्तुष्ट पक्ष थप छलफलमा जुटेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलासहितका असन्तुष्ट पक्ष अनुपस्थित भएको केन्द्रीय समिति बैठकबाट देउवाले १४ औं महाधिवेशन २०७७ को फागुनमा गर्ने निर्णय गरेका थिए ।

सभापति देउवाले एकतर्फी निर्णय गर्दै कार्यकाल थप गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा भेला भएका हुन् ।

बरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह लगायतका नेताहरु पछिल्लो परिस्थिति बारे छलफलमा जुटेका हुन्‌ । बैठकमा नेताहरुबीच सभापति देउवासँग प्याकेजमा सहमति नभएसम्म केन्द्रीय समिति बैठकमा समेत नजाने निर्णय भएको छ ।

नेपाली कांग्रेसमा वरिष्ठ नेता पौडेल पक्षधर नेताहरु महाधिवेशन, नेपाल विद्यार्थी संघ, तरुण दल, विभागको संख्या लगायतमा असन्तुष्ट रहँदै आएका छन् ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  २ : ४६ बजे

स्ट्रेट अफ हर्मुजमा भारतीय जहाजमाथि इरानी सेनाको गोलीबारी : भारतद्वारा कडा आपत्ति प्रकट !

काठमाडौं – सामरिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज स्ट्रेटमा भारतीय

वैशाख ८ गतेदेखि सोल्मामा ‘छैटौँ सोल्मा अन्तर वडा कप–२०८३’ फुटबल प्रतियोगिता

खोटाङ – सोल्मा स्पोर्टस् क्लब सोल्मा खोटाङले यही वैशाख ८

दिल्ली क्यापिटल्सको रोमाञ्चक जित, आरसिबी ६ विकेटले पराजित

काठमाडौं – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को रोमाञ्चक खेलमा

आइपिएल : चेन्नईलाई हैदराबादले दियो १९५ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा