उपत्यकाको तापक्रम न्यून « Khabarhub

उपत्यकाको तापक्रम न्यून


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केही दिनदेखि उपत्यकाको तापक्रम निरन्तर घट्दै गइरहेको छ । उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यो काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको सबैभन्दा कम तापक्रम हो ।

शुक्रबार उपत्यकाको तापक्रम १ दशमलव २ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले बताए । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस गरिएको छ । दिउँसोपख घाम लाग्ने भएकाले दिउँसोको तापक्रम भने नघट्ने मौसमविद्को भनाइ रहेको छ ।

आज दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा गिरावट आई चिसो नै रहने भएकाले चिसोबाट बच्ने उपायहरु अपनाउनका साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावबाट बच्न सतर्कता अपाउन आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज जुम्लाको न्यूनतम तापक्रम माइनस ६ डिग्री सेल्सियसमा झरेको छ । त्यस्तै दिपायल, धनगढी र डडेधुराको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ । पोखराको तापक्रम ३.६, सिमराको ५.५, ओखलढुङ्गाको ३.० डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ५ : १० बजे

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२

आशिकाको उग्ररूपका कारण सञ्चारमन्त्रीले मेयरहरूसँग मागे माफी

काठमाडौं- काठमाडौंको फोहर व्यवस्थापनसम्बन्धी बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका