विद्यालयसँगै मसानघाट, दाह संस्कार भएको दिन पढ्न आउन डराउँछन् विद्यार्थी « Khabarhub

विद्यालयसँगै मसानघाट, दाह संस्कार भएको दिन पढ्न आउन डराउँछन् विद्यार्थी


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– चारैतिर खेत छ, खेतको बीचमा सडक छ, सडक छेउमै महाराजा माध्यमिक विद्यालय । नजिकै मसानघाट, जहाँ मुस्लिम समुदायको शव गाँडिन्छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैना गाउँस्थित महाराजा माध्यमिक विद्यालय छेउमै रहेको मसानघाटमा मुस्लिम समुदायको मानिसको मृत्युपछि अन्तिम संस्कारका लागि विद्यालय प्राङ्गण भएरै उक्त घाटमा लैजाने गरिएको छ । दाह संस्कार भएको दिन विद्यालयमा पढ्न आउन विद्यार्थी डराउँछन् ।

विसं २०१० मा स्थापना भएको विद्यालयको छेउमै मसानघाट हुँदा विद्यालयको पठनपाठनसमेत प्रभावित हुँदै आएको छ । विद्यालय छेउमै विसं २०७३ मा स्थापना भएको मसानघाटका कारण अध्ययन, अध्यापन गर्ने÷गराउनेमा समेत मानसिक र शारीरिकरूपमा असर पर्ने गरेको विद्यालयका प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए । हुनत् विकासको तीव्र गतिसँगै बाँकेका धेरै ठाउँमा रहेका कतिपय मसानघाट मासिँदै जान थालेको छन् ।

विद्यालय सञ्चालन भइरहेका बेला मुस्लिम समुदायका मानिसको मृत्युपछि शवलाई मसानघाट ल्याउँदा विद्यार्थीले झ्याल बन्द गर्नुको विकल्प नभएको प्रधानाध्यापक हरिप्रसाद दीक्षितले बताए ।

मसानघाटमा हुने मृत्यु संस्कारको दृश्य नदेखियोस् भनेर विद्यार्थीले नै कक्षाकोठाका झ्याल लगाउने गर्दै आएका छन् । “विद्यालयमा ससाना बालबालिका अध्ययन गर्दै आएका छन् । उनीहरूको बाल मनोविज्ञानमा कस्तो असर पर्ला ?”, शिक्षकहरु बताउँछन् ।

त्यहाँ कार्यरत शिक्षक?शिक्षिकाले विद्यालय छेउमा यसरी मसानघाट बनाउनु उपयुक्त नभएको बताए ।  तर मुस्लिम समुदायका नागरिकले अन्यत्र जमिन नभएको भन्दै छेउमै मसानघाट बनाउँदा विद्यालयलाई समस्या भइरहेको बताएका छन् । प्रधानाध्यापक दीक्षितले भने, “शवको मुस्लिम संस्कारअनुसार अन्तिम संस्कार गरिरहेको दृश्य र त्यसबाट आउने दुर्गन्धले निकै असजिलो हुन्छ । त्यसमाथि अरू समस्या त छँदैछ ।”

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : ४० बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय