नुवाकोटमा निजी आवास पुनर्निर्माण ७७ प्रतिशत « Khabarhub

नुवाकोटमा निजी आवास पुनर्निर्माण ७७ प्रतिशत


१२ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नुवाकोट– नुवाकोटमा निजी आवास निर्माण गर्ने कार्य ७७ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण क्षति पुगेका वा भत्किएका निजी आवासको पुनर्निर्माण नुवाकोटमा सन्तोषजनक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको पाँचौँ स्थापना दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा निजी आवास निर्माणका काम लगभग अन्तिम चरणमा पुगको जानकारी दिइएको छ ।

जिल्ला आयोजना कार्यन्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार नुवाकोटका ७७ हजार ३९९ लाभग्राहीमध्ये ५८ हजार ८९४ लाभग्राहीले तेस्रो किस्ता प्राप्त गरिसकेका छन् । घर निर्माण सम्पन्न भएपछि तेस्रो किस्ताको रकम प्रदान गरिन्छ । हालसम्म ७७.१० प्रतिशले तेस्रो किस्ता लिइसकेका छन् ।

पुनर्निर्माणको काममा सबैभन्दा अघि दुप्चेश्वर गाउँपालिका छ । दुप्चेश्वरमा निजी आवास निर्माण ८८.५३ प्रतिशत सम्पन्न भएको छ । सबैभन्दा कम बेलकोटगढी नगरपालिकामा निजी आवास पुनर्निर्माण ६१.३२ प्रतिशत मात्र सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा सांसद नारायणप्रसाद खतिवडाले पुनर्निर्माणलाई थप तीव्रता दिएर तोकिएको समयमा सम्पन्न गराउनका लागि सरोकार पक्ष सबैलाई आग्रह गरे । उनले अझै पनि भावनामा बगी पुरानो तस्वीर देखाएर पुनर्निर्माण बाँकी छ भनेर गुनासो गर्न नहुनेसमेत बताए ।

कार्यक्रममा प्रदेशसभा सदस्य हीरानाथ खतिवडा, विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, जिल्ला समन्वय समितिका उपप्रमुख अप्सरा थापा, नेपाली कांग्रेसका सचिव सुरेन्द्रराज अधिकारी, राप्रपाका अध्यक्ष विष्णुप्रसाद सापकोटालगायतले पुनर्निर्माणका बाँकी कामलाई समयमा सम्पन्न गराउनका आग्रह गर्नुभयो । कार्यक्रममा पुनर्निर्माणमा अग्रस्थान हासिल गर्ने वडा कार्यालयहरुलाई सम्मानसमेत गरिएको थियो ।

नुवाकोटको पुनर्निर्माणका लागि रु २६ अर्ब ४९ करोड ३४ हजार विनियोजन भएकामा हालसम्म रु १८ अर्ब २७ करोड ३४ लाख खर्च भएको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका निमित्त प्रमुख शम्भुकुमार साहले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७६, शनिबार  ८ : ०६ बजे

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय