अवैधानिक रुपमा मेलेसिया बसिरहेका नेपालीलाई नाम दर्ता गर्न दूतावासको अनुरोध « Khabarhub

अवैधानिक रुपमा मेलेसिया बसिरहेका नेपालीलाई नाम दर्ता गर्न दूतावासको अनुरोध


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया सरकारले गत अगष्ट १ तारिखदेखि शुरु गरेको अवैधानिक आप्रवासीलाई घर फर्काउन ‘व्याक फर गुड’ कार्यक्रम तीन दिन पछि डिसेम्बर ३१ तरिखमा सकिँदैछ ।

मलेसियामा करिब ११ हजार नेपाली कामदार अवैध रुपमा बसेको अनुमान गरेको नेपाली दुतावासले हालसम्म ७ हजारको संख्यामा नेपालीहरु ‘व्याक फर गुड’ कार्यक्रममा सहभागी भई घर फर्काइसकेको बताइएको छ ।

यसैबीच मलेसियाको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले नेपाल फिर्ता हुन इच्छुक कागजातविहीन भई मलेसियामा बसेका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता हुने हवाई टिकट बुझाई आफ्नो नाम दर्ता गर्न अनुरोध गरेको छ ।

एक सूचना जारी गर्दै दूतावासले डिसेम्बर २९ अर्थात पुस १३ गते (आज)सम्म हवाई टिकट बुझाएर नाम दर्ता गराउन अनुरोध गरेको हो । मलेसियामा काम गरिरहेको कम्पनीबाट राम्रो तलव सुविधा पाइने भन्दै भड्काइएका, कतिपय कम्पनीमा खान, बस्न तथा होस्टलको राम्रो सुविधा नभएको कारण कम्पनी छोडेका र कम्पनीले करार अनुसार तलव नदिएका कारण भागेका नेपालीहरु अवैध बनेर बसी रहेको अनुमान छ ।

‘व्याक फर गुड’ कार्यक्रम अन्तरगत सात सय रिंगिट करिब २० हजार रुपैयाँ जरिवाना र करिब पाँच हजार शुल्क तिरेपछि अवैधानिक कामदारलाई स्वदेश फर्किन दिइने व्यवस्था गरिएको छ ।

दूतावासले सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर स्थानीय समय अनुसार बिहान ९ बजेदेखि साँझ ४ बजेसम्म नियमित रुपमा खुला रहने कार्यालयलाई बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खुला राखेर सञ्चालन गरिरहेको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  १० : ५७ बजे

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित

अमेरिका आक्रमणपछि पहिलोपटक इरानी राष्ट्रपति भारत पुगे

नयाँदिल्ली- इरानी राष्ट्रपति मसुद पजशकियान ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन

न्युयोर्कमा ९/११ को २५औँ स्मृति दिवस

न्युयोर्क- अमेरिकाको न्युयोर्क सहरले सन् २००१ सेप्टेम्बर ११ मा भएको

‘बाढी पीडितबारे बोल्दा ‘घण्टी’ समर्थकबाट बलात्कार गरेर मारिदिने धम्की आउँछ’

काठमाडौं- नेकपा एमालेकी सांसद यशुदा कुमारी बरालले आफूलाई राष्ट्रिय स्वतन्त्र

बाढीपीडितलाई भायानेटको २० लाख सहयोग

काठमाडौं– रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा