खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम « Khabarhub

खुल्यो सलमान खानको ‘रिब्रान्डिङ’ शो–रुम


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका चर्चित नायक सलमान खानका पारखीका लागि उहाँको चर्चित ब्राण्ड नेपालको बिइङ ह्युमनक्लोथिङको ‘रिब्रान्डिङ’ गरिएको शो–रुम दरबारमार्गमा खुलेको छ ।

नेपालका लागि बिइङ ह्युमनक्लोथिङको आधिकारिक बिक्रेता वस्त्र इन्क प्रालीले दरबारमार्गको स्टोरमा संस्थापक सलमानखानको जन्मदिनका अवसरमा ‘रिब्रान्डिङ’ शुरु गरेको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । केही समय आन्तरिक समस्याका कारण बन्द रहेको उक्त शो–रुम औपचारिकरुपमा पुनःसञ्चालनमा आएको हो ।

विभिन्न देशमा रहेका बिइङ ह्युमनक्लोथिङको ‘शो–रुम’ मा सलमानखानको ५४औँ जन्मोत्सव भव्यताका साथ मनाइको र नेपालमा पनि खानको जन्मदिन मनाइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुदीपचन्द्र बख्रेलले मानवताको भावनाअनुरुप गरीब तथा विपन्न नागरिकलाई रोजगारीको सिर्जना गर्ने उद्देश्यसहित कम्पनी शुरु गरिएको बताए । उनले भने, “सलमानखान फिल्म मात्र होइन, वास्तविक जीवनमा पनि हिरो बन्न सफल हुनुभएको छ, बलिउड सुपर स्टारभन्दा पनि सामाजिक गतिविधिमा सक्रिय बिइङ ह्युमन फाउण्डेसनका संस्थापकका रुपमा जन्मदिन मनाएका हौँ ।”

वस्त्र इन्कका सञ्चालक राजु थापा क्षेत्रीले सेवाग्राहीको चाहनाबमोजिम नयाँ व्यवस्थापन र नयाँ ऊर्जाका व्यवसाय शुरु गरिएको बताए ।  खानको जन्मदिनका अवसरमा वस्त्र इन्कले आफ्ना ग्राहकलाई प्रत्येक १५ हजारको खरिदमा विशेष छुट दिएको तथा सलमानखानको फिल्म दबगं–३ को च्यारिटी शो गरिएको कम्पनीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ७ : २२ बजे

नीति तथा कार्यक्रम अघि बढाउँदा विज्ञको सुझाव प्राथमिकतामा राख्छौँ : उद्योगमन्त्री सिन्हा

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले नीति

राष्ट्रपतिद्वारा १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले १३ औं किन्डर ओलम्पिकको मस्कर्टको अनावरण

एलिकाको टी-२० विश्वकपमा उपहार योजना सार्वजनिक

काठमाडौं– इटालियन किचन अप्लायन्स ब्रान्ड एलिकाले आईसीसी टी–२० विश्वकप २०२६

नेपालका लागि डेनमार्कको महावाणिज्यदूतमा धरेल

काठमाडौं– नेपालका लागि डेनमार्कका महावाणिज्यदूतमा हरि धरेललाई नियुक्त गरिएको छ

बंगलादेशमा व्यापक हिंसा : केही दलका कार्यालय जलाइयो, सञ्चारगृह र पत्रकारमाथि पनि आक्रमण

ढाका- बंगलादेशमा शेख हसिना विरोधी नेता उस्मान हादीको मृत्युपछि हिंसा