भारत, भुटान र बंगलादेशका नागरिकलाई नेपाल भ्रमणको निम्तो | Khabarhub Khabarhub

भारत, भुटान र बंगलादेशका नागरिकलाई नेपाल भ्रमणको निम्तो


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनाराययण अर्यालले नेपाल भ्रमण वर्ष २०२० मा नेपालको भ्रमण गर्न भारत, भूटान र बंगलादेशका नागरिकलाई आह्वान गरेका छन् ।

भारतीय उद्योग परिसंघले पश्चिम बङ्गालको सिलिगुडीमा आयोजना गरेको सातौं उत्तर बङ्गाल सम्मेलनको उद्घाटन सभामा महावाणिज्यदूत अर्यालले संसारकै दश उत्कृष्ट गन्तव्यस्थलमा परेको नेपालको प्राकृतिक र सांस्कृतिक सौन्दर्य हेर्न नेपाल भ्रमणमा जान छिमेकी मुलुकका नागरिकलाई अनुरोध गरेका हुन् ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री गौतम देवको उपस्थितिमा भएको सम्मेलनमा नेपाल, भूटान र बंगलादेशका उद्योग तथा पर्यटनसँग सम्बद्ध सङ्घसंस्थाका उच्च तहका प्रतिनिधि सहभागी थिए ।

महावाणिज्यदूत अर्यालले नेपाल, भारत, भूटान र बंगलादेशले पर्यटन र व्यापारमा सहकार्य गरेर साझा उपलब्धि र आर्थिक समृद्धि हासिल गर्न सक्ने धारणा व्यक्त गरेका थिए ।

उनले काँकडभिट्टा र पशुपतिनगर नाकामा नेपालले उच्च सुविधा र प्रविधियुक्त अध्यागमन कार्यालय सञ्चालन गरिसकेको उल्लेख गर्दै सोहीस्तरको अध्यागमन कार्यालय भारतीय नाकामा स्थापना गर्न आग्रह गरे ।

पश्चिम बङ्गालका पर्यटनमन्त्री देवले नेपाल र भारत एउटै हिमशृङ्खला र संस्कृति भएका मुलुक भएको हुँदा पर्यटनका साझा लक्ष्य पहिल्याउँदै आर्थिक विकासलाई तीव्र बनाउन आवश्यक भएको बताए ।

कार्यक्रममा प्रदेश नं–१ का पर्यटकीय गन्तव्यको वृत्तचित्र प्रस्तुत गरिएको थियो भने पश्चिम बङ्गालका पर्यटनमन्त्री देवलगायतका भूटान र बंगलादेशका प्रतिनिधिलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पिन र पर्चा वितरण गरिएको थियो ।

कोलकातास्थित बंगलादेशी महावाणिज्यदूत मोहम्मद शमसुल अरिफ, पश्चिम बङ्गाल राज्य सरकारकी पर्यटन सचिव श्रीमती शान्ता प्रधान, कोलकातास्थित नेपाली सह–महावाणिज्यदूत तर्कराज भट्ट, पर्यटन अभियन्ता राज वसुलगायतले एशियाली राजमार्गको निर्माणले नेपाल, भारत, भूटान र बंगलादेशले आपसी व्यापार र पर्यटनमा लाभ उठाउने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ९ : ३० बजे

संसद् भवनभित्र यसरी छिरे प्रदर्शनकारी (तस्बिरहरू)

काठमाडौँ– जेन-जी प्रदर्शनकारी नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा पसेका छन् ।

बाघको आक्रमणबाट महिनामा चार जनाको मृत्यु

बारा– बाघको आक्रमणबाट बारामा एक महिनामा चार जनाको मृत्यु भएको

संसद भवनको चारैतिर जेनजी प्रदर्शनकारी, प्रहरीले सकेन रोक्न

काठमाडौं– जेनजी पुस्ताका प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवनलाई चारैतिरबाट घेरेर भित्र

बानेश्वर क्षेत्र तनावग्रस्त, प्रहरी घाइते

काठमाडौं– जेनजी पुस्ताका आन्दोलनकारी प्रदर्शनको क्रममा यतिबेला बानेश्वर क्षेत्र तनावग्रस्त

बैतडीमा बञ्चरो प्रहार गरी काकीको हत्या

दशरथचन्द– बैतडीमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको