फेसबुकमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भाइरल « Khabarhub

फेसबुकमा ‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भाइरल


१३ पुस २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामाजिक सञ्जाल फेसबुकको म्यासेन्जरमा अहिले एउटा ‘म्यासेज’ भाइरल बनेको छ । यो म्यासेज अझै केही दिन यसरी नै भाइरल हुनेछ ।

तपाईंलाई आएको उक्त म्यासेजमा क्लिक गर्नुभयो भने घण्टी भएकाे ठाउँ खुल्छ । त्यसलाई पनि क्लिक गरेमा नयाँ वर्ष २०२० को शुभकामना प्राप्त हुन्छ ।

यो म्यासेजलाई तपाइले अन्य साथीहरुलाइ पनि पठाउने व्यवस्था मिलाइएको छ । जसका लागि तपाइले बक्समा कुनै साथीको नाम लेख्नुभयाे भने उक्त म्यासजे अरुलाई पनि जानेछ ।

यो म्यासेजलाइ सामाजिक सञ्जालमा भाइरस भनेर समेत चर्चा गरिएको थियो । बास्तवमा यो नयाँ वर्षको शुभकामना दिनका लागि बनाइएको एउटा तरिका मात्र भएको जनाइन्छ ।

तपाईंको फेसबुक म्यासेन्जरमा पनि साथीको सरप्राइज म्यासेज भन्दै म्यासेज आइरहेको होला ।

‘आइ एम सेन्ड यु अ सरप्राइज म्यासेज’ भनेर लेखिएको उक्त म्यासेज शुभकामनाका दिने प्रयोजनका लागि बनाइएकाे जनाइन्छ । म्यासेन्जर प्रयोगकर्तालाई अहिले प्राप्त भैरहेको उक्त म्यासेज भाइरस झै भाइरल बनेको भने पक्कै हो ।

यस्ता म्यासेजबाट तपाइको फेसबुक एकाउन्टमा अनाधिकृत पहुँच राख्न सक्ने खतरा भने रहन सक्छ । यस्ता खालका म्यासेजले तपाईंको फेसबुक ह्याक हुने, अरूसँग गरिएका गोप्य कुराकानी बाहिरिने सम्भावना पनि रहन सक्छ ।

किनकी यसअघि एउटा अश्लील म्यासेज पनि यसैगरी भाइरल बनेको थियो ।

प्रकाशित मिति : १३ पुस २०७६, आइतबार  ११ : ४१ बजे

विश्वकपमा विवादित बनेको ‘हाइड्रेशन ब्रेक’ हटाउने तयारीमा फिफा

न्युयोर्क – विश्वकप फुटबलमा पहिलो पटक प्रयोगमा ल्याइएको ‘हाइड्रेशन ब्रेक’

विश्वकप फाइनल: नेतान्याहुले गरे अर्जेन्टिनालाई समर्थन

जेरुसेलम – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले फिफा विश्वकपको फाइनल खेलमा

विश्वकप फाइनल: अर्जेन्टिनालाई हराउन ल्याटिन अमेरिकी देश एकजुट, स्पेनलाई समर्थन

काठमाडौँ – फिफा विश्वकपको फाइनल खेल नजिकिँदै गर्दा ल्याटिन अमेरिकी

शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’

महेन्द्रनगर– नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र

आँखा अस्पतालमा बिरामी बढे

जनकपुरधाम– तापक्रम वृद्धिभएसँगै जनकपुरधामस्थित जानकी आँखा अस्पतालमा बिरामीको सङ्ख्या बढेको