भारतमा आम निर्वाचनको मिति घोषणा : कहाँ कहिले चुनाव ? (सूचीसहित) | Khabarhub Khabarhub

भारतमा आम निर्वाचनको मिति घोषणा : कहाँ कहिले चुनाव ? (सूचीसहित)


२६ फाल्गुन २०७५, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतीय निर्वाचन आयोगले आगामी आम निर्वाचनको मिति घोषणा गरेको छ । भारतको निर्वाचन आयोगले आगामी आम निर्वाचन अप्रिल ११ देखि मे १९ सम्म गरी विभिन्न ७ चरणमा हुने घोषणा गरेको हो ।

यसअनुुसार पहिलो चरणको मतदान ११ अप्रिलमा, दोश्रो चरणको मतदान १८ अप्रिलमा, तेश्रो चरणको मतदान २३ अप्रिलमा हुनेछ । त्यसैगरी चौथो चरणको मतदान २९ अप्रिल, पाचौँ चरणको मतदान मे ६, छैटौँ चरणको मतदान मे १२ र सातौँ चरणको मतदान १९ मेमा हुने जनाइएको छ ।

कहिले कति सिटका लागि हुनेछ चुनाव ?

११ अप्रिलमा हुने पहिलो चरणको मतदान आन्ध्र प्रदेशका २५ सिट, अरुणाचलका २ सिट, आसामका ५ सिट, बिहारका ४ सिट, छत्तिसगढको १ सिट, जम्मु कश्मीरका २ सिट, महाराष्ट्रका ७ सिट, मणिपुरको १ सिट, मेघालयको १ सिट, मिजोरमको १ सिट, नागाल्याण्डको १ सिट, उडिसाका ४ सिट, सिक्किमको १ सिट, तेलङ्गानाका १७ सिट, त्रिपुराको १ सिट, उत्तर प्रदेशका ८ सिट, उत्तराखाण्डका ५ सिट, पश्चिम बङ्गालका २ सिट, अण्डमन निकोबर टापुको १ सिट तथा लक्ष्यद्विपको १ सिटमा मतदान हुनेछ ।

त्यस्तै, दोश्रो चरणको मतदान १८ अप्रिलमा आसामका ५ सिट, बिहारका ५ सिट, छत्तिसगढका ३ सिट, जम्मु कश्मीका २ सिट, कर्णाटकका १४ सिट, महाराष्ट्रका १० सिट, मणिपुरको १ सिट, उडिसाका ५ सिट, तामिलनाडुका ३९ सिट, त्रिपुराको १ सिट, उत्तर प्रदेशका ८ सिट, पश्चिम बङ्गालका ३ सिट तथा पोण्डिचेरीको १ सिटका लागि मतदान हुनेछ ।

तेश्रो चरणको मतदान २३ अप्रिलका दिन आसामका ४ सिट, बिहारका ५ सिट, छत्तिसगढका ७ सिट, गुजरातका २६ सिट, गोआका २ सिट, जम्मु कश्मीको १ सिट, कर्णाटकका १४ सिट, केरलाका २० सिट, महाराष्ट्रका १४ सिट, उडिसाका ६ सिट, उत्तर प्रदेशका १० सिट, पश्चिम बङ्गालका ५ सिट, दादर नगर हवेलीको १ सिट तथा दामन दिभको १ सिटमा मतदान हुनेछ ।

त्यस्तै २९ अप्रिलमा हुने चौथो चरणको मतदानमा बिहारका ५ सिट, जम्मु कश्मीरको १ सिट, झारखण्डका ३ सिट, मध्यप्रदेशका ६ सिट, महाराष्ट्रका १७ सिट, उडिसाका ६ सिट राजस्थानका १३ सिट, उत्तर प्रदेशका १३ सिट तथा पश्चिम बङ्गालका ८ सिटमा मतदान हुनेछ ।
त्यसैगरी, ६ मेमा हुने पाचौँ चरणको मतदानमा बिहारका ५ सिट, जम्मु कश्मीरका २ सिट, झारखण्डका ४ सिट, मध्यप्रदेशका ७ सिट, राजस्थानका १२ सिट, उत्तर प्रदेशका १४ सिट तथा पश्चिम बङ्गालका ७ सिटमा मतदान हुनेछ ।

१२ मेमा हुने छैटौँ चरणको मतदानमा बिहारका ८ सिट, हरियाणाका १० सिट, झारखण्डका ४ सिट, मध्यप्रदेशका ८ सिट, उत्तर प्रदेशका १४ सिट, पश्मि बङ्गालका ८ सिट तथा दिल्लीका ७ सिटका लागि मतदान हुनेछ ।

त्यसैगरी १९ मेमा हुने सातौँ तथा अन्तिम चरणको मतदानमा बिहारका ८, झारखण्डका ३, मध्यप्रदेशका ८, पञ्जाबका १३, चण्डिगढको १, पश्चिम बङ्गालका ९, उत्तर प्रदेशका १३ तथा हिमाञ्चल प्रदेशका ४ सिटका लागि मतदान हुनेछ ।

त्यसबाहेक आन्ध्र प्रदेश, उडिसा, सिक्किम तथा अरुणाचल गरी ४ प्रदेशमा राज्य सरकार गठनका लागि पनि यसै चुनावमा मतदान हुने भारतीय निर्वाचन आयोगले जनाएको छ ।

५४३ सिटका लागि हुने लोकसभा चुनावमा यसपटकको मुख्य भिडन्त भने सत्तारुढ भारतीय जनता पार्टी बीजेपी तथा विपक्षी दल काँग्रस पार्टीबीच हुने बताइन्छ ।

मतदानको मतगणना भने २३ मेबाट शुरु हुनेछ । करिब ९० करोड मतदाताको सहभागिता रहने भारतीय मतदानलाई विश्वको सबैभन्दा वृहद मतदान हो ।

प्रकाशित मिति : २६ फाल्गुन २०७५, आइतबार  ४ : ३० बजे

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०

दक्षिणी ब्राजिलमा भारी वर्षा, मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

काठमाडौं– ब्राजिलको दक्षिणी राज्य रियो ग्रान्डे डो सुलमा भारी वर्षाका

आईसीसी टी–२० विश्वकप खेल्न जान लागेको नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना 

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा भाग

तुम्लिङटार विमानस्थलमा उडान ठप्प

किमाथांका– सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा १२ दिनदेखि उडान ठप्प भएको छ

रामेछापबाट काठमाडौँ आउँदै गरेको माइक्रो दुर्घटना, ६ जना घाइते 

काठमाडौं– रामेछापबाट काठमाडौँ आउँदै गरेको विद्युतीय माइक्रो दुर्घटनामा परेको छ