वैदेशिक रोजगार पीडितलाई विभागमा सम्पर्क गर्न आग्रह  | Khabarhub Khabarhub

वैदेशिक रोजगार पीडितलाई विभागमा सम्पर्क गर्न आग्रह 


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वैदेशिक रोजगारीका क्रममा समस्यामा परेर म्यानपावरविरुद्ध उजुरी दर्ता गराएका र प्रमाण नपुगेका उजुरीकर्तालाई १५ दिन भित्र सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

मलेसियाको हकमा २०७१ सालसम्म दर्ता भएका उजुरीकर्ता, मलेसियाबाहेक अरु देशमा गएका श्रमिकको हकमा २०७२ सालसम्म दर्ता भएका उजुरीकर्ता र पासपोर्ट माग गरी उजुरी दर्ता गरेका उजुरीकर्ताको हकमा उजुरी दिएको एक वर्ष पूरा भएका उजुरीकर्ताले प्रमाणसहित उजुरी फर्छ्यौटका लागि विभागमा सम्पर्क गर्न आग्रह गरिएको हो ।

तोकिएको समयमा विभागमा उपस्थित नभएमा त्यस्ता उजुरी तामेलीमा राख्ने विभागले जनाएको छ । विभाग द्वारा इजाजतपत्र संस्थामाथि परेका र विभागको अभिलेख एवं सूचना प्रणालीमा दर्ता भएका उजुरी फर्छ्यौट गर्नका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिवस्तरीय बैठकको निर्णयअनुसार पुराना उजुरीमाथि विभागले फरफारक गरिरहेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ८ : ३७ बजे

बसाइँसराइ बढेपछि सुनसान ‘कर्लिम गाउँ’

बागलुङ– ‘यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै

विश्वका प्रमुख मिडियामा जेनजी आन्दोलनको चर्चा

काठमाडौं – नेपालमा २०८२ भाद्र २३ मा सुरु भएको जेन

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् ।

पशु चौपायामा फैलिएको खोरेत रोग नियन्त्रणमा

बागमती– हेटौँडा उपमहानगरपालिकासहित मकवानपुरका विभिन्न स्थानीय तहमा किसानले पालेका पशु

क्रान्तिको ऐनामा नवयुवाको अनुहार

भदौ २३–२४  मा नेपाली समाजले एउटा ऐतिहासिक आन्दोलन देख्यो, जसले