फेसबुकका चार एप भए सबैभन्दा बढी डाउनलोड « Khabarhub

फेसबुकका चार एप भए सबैभन्दा बढी डाउनलोड


१७ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विगत एक दशकमा सबैभन्दा बढी डाउनलोड भएका चार एपहरू फेसबुकका रहेका छन् ।

एप एनीले बताए अनुसार सबै भन्दा बढी डाउनलोड भएका चार एपहरूमा फेसबुक, फेसबुक मेसिन्जर, ह्वाट्स्एप र इन्स्टाग्राम हुन्।

एप एनीले सन् २०१० देखि सन् २०१९ सम्म सबैभन्दा बढी डाउनलोड भएका एपको सूची प्रकाशित गरेको थियो । तेस्रो स्थानमा रहेको ह्वाट्स्एपलाई फेसबुकले सन् २०१४ मा र चौथो स्थानमा रहेको इन्स्टाग्रामलाई सन् २०१२ मा किनेको थियो । ती प्रत्येक एप एक अर्ब पटकभन्दा बढी डाउनलोड भएका छन् ।

“यो राम्रो होइन,” अक्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी भन्छन् ।

सबैभन्दा धेरै चलाइने सामाजिक सञ्जाल र सञ्चारका चार एप एउटै कम्पनीको हुनु भनेको तथ्याङ्कमाथि एकाधिकार रहेको क्स्फर्ड इन्टरनेट इन्स्टिट्यूटमा वरिष्ठ अनुसन्धानकर्ता रहेका ताहा यासेरी बताउँछन् ।

यासेरी भन्छन्, “ती सबैमा भएको व्यक्तिको तथ्याङ्क जोड्दा कुनैपनि व्यक्तिको बानी र सोचबाट धेरै स्पष्ट कुरा थाहा हुन्छ। त्यो शक्तिको स्तर नियमन हुनुपर्छ।”

फेसबुकपछि अमेरिकामा रहेको स्न्यापच्याट छैठौंमा माइक्रोसफ्टको स्काइप रहेको छ । त्यसपछि चिनियाँ कम्पनी बाइटडान्सको टिकटक रहेको छ । आठौं स्थानमा चिनियाँ कम्पनी अलिबाबाको यूसी ब्राउजर रहेको छ । नवौं र दशौं स्थानमा क्रमश अमेरिकी कम्पनी गुगलको युट्युब र अमेरिकी कम्पनी ट्विटर रहेका एप एनीले जनाएको छ ।

यो दशकमै सबैभन्दा बढी डाउनलोड गरिएको खेल भने सबवे सर्फर्स हो जुन डेन्मार्कको किलूले बनाउँछ । क्यान्डी क्रश सागा दोस्रो स्थानमा र टेम्पल रन २ तेस्रो स्थानमा छन्।

प्रकाशित मिति : १७ पुस २०७६, बिहीबार  ११ : ५७ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने