सुन र चाँदीको अवैध कारोबार गर्ने दुई भारतीय पक्राउ | Khabarhub Khabarhub

सुन र चाँदीको अवैध कारोबार गर्ने दुई भारतीय पक्राउ


२७ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम- मोटरसाइकलको पेट्रोल ट्याङ्कीभित्र अवैध सुन र चाँदी लुकाइ नेपालबाट भारततर्फ लगिरहेका अवस्थामा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१५ स्थित कुवा गाउँबाट लोहनातर्फ जाने सडकमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउपर्नेमा भारत विहार मधुवनी जिल्ला बासोपट्टी–४ का सुरेन्द्र महतो सुडीका ३७ वर्षीय छोरा कृष्णकुमार महतो सुडी र सोही ठाउँका परमेश्वर महतो सुडीका ३० वर्षीय छोरा रूपेश महतो छन् । बीआर ३२ एस ४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्याङ्कीमुनिबाट प्वाल बनाई प्वालमा ढोका जस्तो नट कसेको देखिएपछि शंका लागेर प्रहरीले सो नट खोलेर हेर्दा ट्याङ्कीभित्रमा सेतो रङको प्लास्टिकमा बेरेको सुन र चाँदी बरामद भएको प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए।

बरामद भएकामा सुनको बाला दुई थान र चाँदीको दाना नौ प्याकेट रहेका छन् । प्रहरी प्रधान कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले आइतबार बेलुका पौने ६ बजे लोहना हुँदै भारततर्फ जान लागेका अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ

प्रहरी उपरीक्षक खनालका अनुसार सुन चाँदी व्यवसायी सङ्घबाट बरामद भएका सुन र चाँदी परीक्षण गराउँदा सुनको टुक्रा १०० ग्राम र चाँदी २५ किलोग्राम तौल छ । पक्राउ गरिएकालाई हिरासतमा राखी आवश्यक कानुनी कारवाहीका लागि भन्सार कार्यालयमा बुझाउने कार्य भई रहेको जनाइएको छ । यस कारोवारमा अन्य को को संलग्न छन् भन्ने कुराको पनि अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खनालले जानकारी दिए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १ : ४७ बजे

घरदैलोमा नागरिकता वितरणले सेवाग्राही उत्साहित

पर्सा– पर्साको ठोरी गाउँपालिका– ३ शिकारीबासकी पुनिया कुमारीले ५३ वर्ष

युद्ध विरामका लागि वार्ता गर्न इजरायलले प्रतिनिधि पठाउने

गाजा – गाजामा युद्ध विराम र बन्दी रिहाइको विषयमा हमाससँग

‘उपचारका लागि अब नाडी छाम्न पर्दैन’

बागलुङ– मुलुकमा सङ्घीयता लागू भएसँगै निसीखोला गाउँपालिकामा सातवटा स्वास्थ्य संस्था

सामुदायिक वनमा सर्पगन्धाको व्यावसायिक खेती

तनहुँ– देवघाट गाउँपालिकामा दुर्लभ वनस्पति सर्पगन्धाको व्यावसायिक खेती सुरु गरिएको

अन्तर्राष्ट्रिय सम्बन्धसहित सातवटा समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसद अन्तर्गत रहेको विभिन्न सातवटा समितिको बैठक बस्दै