भक्तपुरको दुवाकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

भक्तपुरको दुवाकोटमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु


१९ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिका– १ दुवाकोटस्थित चाँगुनारायण इञ्जिनयिरिङ कलेजबाट दुवाकोटतर्फ आउँदै गरेको बा१ख ९०९० नं को बस अनियन्त्रित भई सडक छेउमा खसेर दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका– ६ घर भई हाल दुवाकोट बस्ने ३० वर्षको भीमबहादुर योञ्जन (तामाङ) रहेको जिल्ला महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

दुर्घटनामा बसका यात्रु उदयपुर सोरङ नगरपालिका– ४ बस्ने ३४ वर्षीय चित्रबहादुर थापा घाइते भएका छन् । उनको दुवाकोटस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका लागि लगिएको जनाइएको छ ।

घाइते चित्रबहादुर थापा उपचारपछि घर फर्किएको प्रहरी उपरीक्षक प्रधानले बताए ।

बसका चालक बेदाबहादुर चौलागाई, सहचालक भीमबहादुर तामाङलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०७६, शनिबार  ७ : ५२ बजे

फेरियो सिंहदरबारमा पार्किङको दृश्य : नियमविपरीत राखेका सवारी साधनमा ‘ह्विल लक’

काठमाडौं– सिंहदरबार परिसरमा नियमविपरीत पार्किङ गरिएका सवारीसाधनमाथि ट्राफिक प्रहरीले कडाइ थालेको

मानव अधिकार र कानुनी राज्यको भावना अनुसार गृह प्रशासनलाई अघि बढाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मानव अधिकार र कानुनी राज्यको भावना

मनाङमा चामलको माग उच्च

मनाङ– जिल्लामा चामलको माग बढेको छ । खाद्य व्यवस्था तथा

नदी उत्खननले सोनाहा जातिको सुन खोज्ने पेसा संकटमा

भजनी– नदी उत्खननको कारण बर्दिया राजापुर सोनाहा जातिको सुन खोज्ने

विश्वकप सट्टेबाजीमा ८५ पक्राउ, १३ करोड डलरभन्दा बढीको अवैध कारोबार उजागर

हनोई- विश्वकप फुटबल प्रतियोगिताका क्रममा बढ्दो अवैध सट्टेबाजी नियन्त्रण गर्ने अभियानअन्तर्गत